९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

नागरिक नायक वास्तविक लिडर : सञ्चालक ज्ञवाली

नेपाल रिपब्लिक मिडियाले तीन जनालाई नागरिक नायक २०८२ को सम्मान गरेको छ। शनिवार नेपाल पुलिस क्लबमा आयोजित समारोहका बिचमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नागरिक नायक सम्मान प्रदान गरेको हो।  

यस वर्षको सम्मान कैलालीकी वन संरक्षण अभियन्ता नन्दादेवी कुँवर, बुटवलका शिक्षक घनश्याम पाठक र युवा महिला क्रिकेटर पूजा महतोलाई नागरिक नायक सम्मान प्रदान गरिएको छ।  

सम्मान समारोहमा बोल्दै नेपाल रिपब्लिक मिडियाकी सञ्चालक शोभा ज्ञवालीले नागरिक नायक सम्मान प्राप्त गर्नेहरु समाजका वास्तविक लिडर रहेको बताइन्।  

‘नागरिक नायक साच्चिकै समाजका लिडर हुनुहुन्छ,’ ज्ञवालीले भनिन्, ‘नेता राजनीति परिप्रेक्ष्यमा मात्र बुझ्छौँ। तर, नेता हरेक क्षेत्रमा हुन्छन् भन्ने आजको कार्यक्रमले देखाएको छ।’

शिक्षा, स्वास्थ्य, समाजसेवा क्षेत्र, प्रशासन, कला जस्ता क्षेत्रमा जसले राम्रो काम गर्छ उ नेता रहेको ज्ञवालीले बताइन्। ‘उहाँहरुका प्रेरणदायी कथा सुन्दा उहाँहरुको नेतृत्व झल्किन्छ। मिडियाले यस्तै सामाजिक नायकका कथा र आवाज दिनुपर्छ,’ ज्ञवालीले भनिन्।

प्रकाशित: १३ वैशाख २०८२ १७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App