८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
राजनीति

ओलीले देउवासँग फोनबाट सोधे: सरकार परिवर्तनको हल्ला के हो?

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सरकार परिवर्तनको हल्लाबारे सोधेका छन्। सभापति देउवा थाइल्यान्डको बैंककमै रहेका बेला बिहीबार साँझ फोनमार्फत प्रधानमन्त्री ओलीले देउवाको धारणा सोधेको परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बताइन्।

शुक्रवार बैंककबाट स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री देउवाले सभापति देउवा र प्रधानमन्त्री ओलीबिच टेलिफोन वार्ता भएको खुलाएकी हुन्। 

‘तपाईँले नै भन्नुभयो हल्ला भनेर। यो चाहिँ देशमा क्वाइर्ड भएपछि इन्टरटेनमेन्टको लागि पनि यस्तो न्युज आउने गर्छ। सरकार परिवर्तन गर्न त नेपालभित्रै बसेर गर्ने होला, विदेशमा गएर सरकार परिवर्तन हुने होइन,’ पत्रकारको प्रश्नमा मन्त्री देउवाले भनिन्,‘हामी पनि आफै छक्क प¥यौँ, हिजो समाचार हेर्दा।’ 

त्यसपछि बेलुका प्रधानमन्त्री र सभापति ज्युको कुराकानी पनि भएको उनले बताइन्। ‘फोनमा उहाँ(प्रधानमन्त्री)ले के हो यो भन्नुहुन्थ्यो? केही होइन। त्यस्तो केही भएको छैन भनेर जवाफ दिनुभयो,’ उनले भनिन्।

बिहीबार प्रधानमन्त्री ओलीले सरकारको चिन्ता भन्दा चुनावको चिन्ता लिन कार्यकर्तालाई दिएको अभिव्यक्तिबारे पनि मन्त्री देउवाले ‘राम्रै भन्नुभयो’ भनेर प्रतिक्रिया दिइन्। 

‘उहाँले राम्रै भन्नुभयो नि स्थायित्वका लागि। सरकारको चिन्ता गर्दा स्थायित्व हुन्न। चुनावको चिन्ता गरे हुन्छ नि,’ उनले भनिन्। 

प्रकाशित: १२ वैशाख २०८२ १३:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App