१८ वैशाख २०८३ शुक्रबार
image/svg+xml

पोखरामा ‘अपरेसन ३६५’ : छ सय ७५ मोटरसाइकल नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’अन्तर्गत हालसम्म ६७५ मोटरसाइकल नियन्त्रणमा लिएको छ।

२५७०औँ बुद्ध जयन्ती पर्व मनाइँदै

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ।

देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

नेपालसहित विश्वभर १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

नेपाल विश्वबजारमा धेरै श्रमिक पठाउने मुलुकको सूचीमा रहेको छ। मुलुकको अर्थतन्त्रको ठूलो हिस्सा वैदेशिक रोजगारमा रहेका नेपालीले पठाउने विप्रेषणले ओगटेको छ।

उँभौली पर्व र जीवन पद्धति

उँभौली पर्व किराँत राई समुदायको एक विशिष्ट सांस्कृतिक उत्सव मात्र नभई प्रकृति, मानव र सहअस्तित्वबीचको गहिरो सम्बन्धको जीवन्त अभिव्यक्ति हो।

शुक्रबार ओपिडी सेवा सञ्चालन

यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुन सक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्ती हटाइँदै

सरकारले दोस्रो चरण अन्तर्गत शुक्रबार बिहानदेखि काठमाडौं उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ।

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उँभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइँदैछ।

पेट्रोलमा २ र डिजेल/मट्टितेलमा १२ रुपैयाँ घट्यो

पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ।

रोल्पा दुर्घटना: तीर्थ यात्री बोकेर जलजला जाँदै थियो जिप, मृतक २० मध्य अधिकांश एकै गाउँ एकै टोलका

रुकुम पूर्वको सिस्ने गाउँपालिका-५ टाकुराबाट जलजला मेला भर्न हिँडेका तीर्थयात्री चढेको जिप रोल्पामा दुर्घटना हुँदा ज्यान गुमाएका २० जना मध्य अधिकांश एकै गाउँटोलका रहेका छन्।

३२५ जनामा स्वास्थ्य परीक्षणः २० जनामा क्यान्सर

तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य परीक्षणमा ३२५ जनाले सेवा लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्