लकडाउन प्रभावः गौरवको आयोजनाको काम प्रभावित
कोभिड –१९पछि जारी लकडाउनका कारण राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाई आयोजनाको चार अर्ब बढीको काम प्रभावित बनेको छ। लकडाउनका कारण एक महिना ठप्प भएको आयोजनाको काम संघीय सरकारले गौरवका आयोजनाको काम नरोक्न दिएको निर्देशनसँगै सुचारु भएको थियो।

