अनलाइन बजार दराजले दराज फस्ट गेम्स (डिएफजी) सुरु गरेको छ। दराज फस्ट गेम्स दराज एपको गेमेङ प्लेटफर्म हो। दाराज प्रयोगकर्ताहरूले नि: शुल्क अनलाइन गेमहरू खेल्न सक्ने र दराज भाउचरहरू सहित अन्य रोचक पुरष्कारहरु जित्न सक्ने जनाइएको छ।
नेपालका ग्राहकहरु बीच त्यस्तो मनोरन्जनको बढ्दो माग पूरा गर्न दराजले गेमिंग प्लेटफर्महरु मध्ये एक, पेटीएम फस्ट गेम्ससँग मिलेर डिएफजी शुरू गरेको जनाएको छ। डिएफजीका साथ दराज प्रयोगकर्ताहरूले एउटै प्लेटफर्ममा सबै प्रकारका विश्व प्रशिद्ध गेमहरूको मज्जा लिन सक्ने दराजले जनाएको छ।
दराज फस्ट गेम्समा प्रयोगकर्ताहरुले रेसिंग, एक्शन, शुटिंग, र आर्केड र अन्य अरु प्रकारक गेमहरु निशुल्क खेल्न पाउनेछन। यसका साथै, गेमरहरूले दुबै टोर्नामेन्ट मोड र १:१ मोडमा भाग लिन सक्दछन्। प्रयोगकर्ताहरुले डिएफजी मार्फत रु १६०० सम्मको भाउचर सहित अन्य रोचक पुरस्कारहरू जित्न सक्नेछन्। जुन अनलाइन शपिंग गर्दा प्रयोग गर्न सक्ने दराजे जनाएको छ।
प्रकाशित: २९ जेष्ठ २०७७ १५:२७ बिहीबार





