पाँच सय मेनपावर खारेजीउन्मुख
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले लगातार दुई आर्थिक वर्ष एक सय युवायुवती वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर खारेज हुने गरी वैदेशिक रोजगार ऐनको संशोधन प्रस्ताव गरेका थिए।
तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले लगातार दुई आर्थिक वर्ष एक सय युवायुवती वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर खारेज हुने गरी वैदेशिक रोजगार ऐनको संशोधन प्रस्ताव गरेका थिए।
प्रदेश १ सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा अहिलेसम्म १९ करोड ८२ लाख रूपैयाँ खर्च गरेको जानकारी गराएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकै दिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन्। ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ ।
हुर्कदै गरेको मकैबालीलाई फौजी किराले क्षति गरेपछि राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुम, बाँकेका किसान भोजराज केसी अचेल चिन्तित छन् । कोरोना भाइरसको महामारीका कारण बाहिरको सबै काम छाडेर कृषि पेशामा रमाइरहेका बेला फौजी किराले मकैमा क्षति गरेपछि उनी चिन्तित भएका हुन् ।
कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउले सार्वजनिक सवारी नचलेको तीन महिना पुगेको छ । दैनिक हजारौं यात्रु बोकेर विभिन्न गन्तव्यसम्म गुड्दै आएका ती सवारी कोरोनाको मारमा परेर कामविहीन भएर थन्किएका छन् । संचालनमा नआएका ती सवारीमा निर्भर हजारौं व्यावसायी र मजदुर पनि फुर्सदिला बनेका छन् ।
संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमान अनुसार कोरोना भाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउन समेतका प्रतिबन्धहरुले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ ।
मनसुन चाँडै भित्रनु र सिँचाइ सुविधा पनि विस्तार गरिएका कारण विगतका वर्षभन्दा यस वर्ष चाँडै रोपाइँ सुरु भयो । अघिल्लो वर्ष असार १५ गतेसम्म २२ प्रतिशत रोपाइँ भएको सुदूरपश्चिम प्रदेशमा यस वर्ष भने चाँडै मनसुन भित्रिएसँगै असार पहिलो सातासम्म २२ दशमलव १६ प्रतिशत रोपाइँ भएको छ ।
कोरोना भाइरस महामारीका कारण युरोपमा यस वर्ष कार बिक्रीमा २५ प्रतिशतले कमी आएको छ । युरोपेली कार उद्योग समूहले कार उत्पादन कारखानाले ठूलो आर्थिक संकटको सामना गर्न लागेको जनाएको छ ।
जुम्ला पातारासी गाउँपाकिला ६ की छुमकली बुढा लसुन खेति प्रति निकै आकर्षित छिन् । यो समयमा उनको बारीमा लसुन खेति गरिएको छ । लसुनले आर्थिक समृद्धि ल्याएको उनी बताउँछिन् ।
कोभिड–१९ को संक्रमण जोखिम बढ्ने भन्दै लोक सेवा आयोगले नेपाल राष्ट्र बैंकलाई तत्काल परीक्षा नगर्न निर्देशन दिएको छ। जनशक्तिको अभाव भएपछि राष्ट्र बैंकले गत माघमा जनशक्ति व्यवस्थापन, जनशक्ति योजना पारित गरी आर्थिक वर्ष ०७८/०७९ सम्म अधिकृतस्तर, सहायकस्तर र कार्यालय सहयोगी नियुक्त गर्ने योजना बनाएको थियो।
पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने गन्जला पासको अध्ययनका लागि आएको बजेट यो वर्ष पनि फिर्ता भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा समेत काम सुरु नभएपछि रकम फिर्ता भएको हो ।
प्रदेश १ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले सोमबारको प्रदेश सभा वैठक अवरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो ।
‘उत्पादन बन्द गर्दा ब्याक्टेरिया मर्ने भएकाले उत्पादन रोक्नै मिल्दैन,’ उनले भने, ‘न्यूनतम उत्पादन गर्दा पनि दैनिक ती सय सय किलो ग्यास खेर फाल्नुपर्ने बाध्यता छ ।’
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका आठ घर गरिब परिवारलाई जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि एकमुष्ट तीन लाख पाँच हजार रुपैयाँका दरले रकम प्रदान गरिएको छ।
पूर्वपश्चिम लोकमार्गको छेउमा तरकारी तथा फलफूलका ठेलागाडामा भारतीय आँप भरिभराउ थियो भने कोरोनाविरुद्धको लकडाउनको प्रवाह नगरी स्थानीयवासीको भीडभाड पनि त्यत्तिकै थियो।
कारोबार सञ्चालन भएयताका १० दिनमा सुनको मूल्य तीन हजार ६ सय रुपैयाँले बढेर ९१ हजार पुगेको हो।
कोरोना भाइरसको महामारीका कारण विदेशमा रोजगारी गुमाएका ठूलो संख्याका श्रमिक उद्धारको पखाइमा छन्। सर्वोच्च अदालतले उद्धारको आदेश दिएको पनि दु्ई महिना भइसक्यो। सर्वोच्चले विदेशमा अलपत्र परेकालाई वैशाख ४ गते उद्धार थाल्न आदेश दिएको थियो।
सूर्याेदय नगरपालिकाले दुई वर्षअघि नै हरियोपत्तीको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेकोमा त्रिवेणी समूहले सञ्चालन गरिरहेको कन्याम चिया उद्योगले २० देखि ३० रुपैयाँमात्रै दिने सूचना टाँसेको छ। त्यो मूल्य लिन पनि उद्योगको गेटसम्म पत्ती ल्याइदिनुपर्छ।
प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएको पञ्चकन्या स्टिलले आफ्नो उत्पादनलाई परिमार्जन गरेर थप गुणस्तरीय स्टिल बजारमा ल्याएको छ। पुरानो उत्पादनलाई अपग्रेड गरेर उत्कृष्ट लचकता भएको उच्च गुणस्तरको स्टिल उत्पादन सुरु गरेको पञ्चकन्या ग्रुपले जनाएको छ।
कास्कीको रुपा गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै आर्थिक वर्षलाई कृषि वर्षको रुपमा मनाउने जनाएको छ । ४३ करोडको बजेट सार्वजनिक गरेको गाउँपालिकाले कृषिको लागि १ करोड १६ लाख रुपैयाँ छुट्टाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को लागि सिम्रौनगढ नगरपालिकाले चौथो नगर सभाबाट समाजिक सुरक्षा भत्ता बाहेक ४४ करोड ४५ लाख ३२ हजार बजेट प्रस्तुत गरिएको छ ।
वर्षभरीका १२ महिनामा फुर्सदमा झै वसिरहने र असारको झरीमा हतार हतारमा काम गर्ने वर्षौदेखिको परम्परागत समस्या हो । देश संघीयतामा गएर तीन तहका सरकार बनेपछि विकासको बाधक रहेको यो ‘असारे विकास’ टुट्ने धेरै आशा गरेका थिए । तर यो क्रम टुट्न सकिएको छैन ।
लामो लकडाउनमा मुलुकको बैंकिङ क्षेत्रमा पनि असर परेकोले सरकारले ब्याजमा छुट दिने विषयमा गरेको निर्णय बैंक वित्तीय संस्थाको हितमा नभएको नेपाल बैंकर्स संघ (एनविए)का पूर्व अध्यक्ष राधेश पन्तले बताएका छन्।
अनुत्पादक क्षेत्रमा बजेट खर्चेर आलोचना खेपिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले प्रदेश १ का केही जिल्लामा भने उदाहरणीय काममा लगानी गरिरहेको छ । सडक, खानेपानी, खेल मैदान निर्माण जस्ता अत्यावश्यक पूर्वाधारमा काम लगाएर लकडाउनको सदुपयोग गरिरहेका छन् ।