coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

लसुन किन्न बारीमै ब्यापारी

जुम्ला पातारासी गाउँपाकिला ६ की छुमकली बुढा लसुन खेति प्रति निकै आकर्षित छिन् । यो समयमा उनको बारीमा लसुन खेति गरिएको छ । लसुनले आर्थिक समृद्धि ल्याएको उनी बताउँछिन् । लसुनखेतिबाट राम्रो आम्दानी भइरहेको छ,छुमकलीले भनिन्,‘गाउँमै ब्यापारी आउँछन् । बारीको पाटामै पुगेर लसुन उठाउँछन् । किसानलाई न बजारको चिन्ता नत ब्यापारीको । केवल लसुनको उत्पादन क्षेत्र बढाउने पिरलोले सताइरहेको हुन्छ । ’

छुमकली उदाहरण मात्र हुन् । यहाँका प्रत्येक घरमा लसुन खेति गरिएको छ । पछिल्लो समयमा यहाँका सबैजसो घरधुरीको मुख्य खेती नै लसुन खेति बनेको छ । एक किसानले लसुन बेचेर बार्षिक दुई देखि तीन लाख रुपैयाँसम्म कमाउने गरेका छन् । छुमकलीले मात्र एक सय ५० रोपनी जग्गामा लसुन खेति गरेकी छिन् ।  

सिँचाइको राम्रो व्यवस्था भएकोले लसुन खेतिगर्न कुनै कठिनाई छैन् । उनीहरुले बारीमा लगाईएको लसुनको हरियो बोट पनि बेच्छन् । खेतबारीमा नै व्यापारी आएर लसुनको हरियो बोट किन्ने गरेको स्थानीय कन्न बुढा बताउँछन् । यहाँ उत्पादित लसुन जुम्लाको खलंगा बजारदेखि कर्णालीको कालिकोट, मुगु, हुम्ला, डोल्पा र जाजरकोट जिल्लासम्म पुग्छ ।  

कर्णाली राजमार्गसँगै जोडिएकोले किसानले पनि लसुनखेतिलाई प्रमुख खेतिका रुपमा अपनाउँदै आइराखेका छन् । अहिले हरियो लसुन जुम्ला बजारमा न्युनतम ८० रुपैयाँदेखि एक सय रुपैयाँ प्रतिकेजीमा किनबेच भइरहेको छ ।  

हरियो लसुन निकालेर सुकाएपछि सोचे जस्तो मूल्यमा बेच्न सकिने किसानहरु बताउँछन् । ठूला होटेल, रेस्टुरेण्ट र सहरी क्षेत्रका अधिकांश उपभोक्ताले लसुन मन पराउने भएकाले बजारमा बढी माग छ । सिँचाइको राम्रो प्रबन्ध मिलाइएको छ । बजार भाउ पनि राम्रै पाइने भएपछि ३ बर्षदेखी लसुन खेती गर्दै आएको किसानहरु बताउँछन् ।

अहिले गाउँभरी लोभलाग्दो गरि लसुन खेति भइरहेको छ । यो खीित गर्दा दुःख त्यति गर्नु पर्दैन । तत्कालै बिक्रीबाट आम्दानी पनि लिन सकिन्छ । लसुन खाँदा स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । लसुनले उच्च रक्तचापको समस्या नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

काँचो लसुनलाई तातो पानीसंग बिहान खाली पेटमा खानाले मोटोपन तथा शरीरमा कोलेस्ट्रोरलको मात्रा कम गर्न मद्दत गर्छ । उच्च रक्तचापको समस्या नियन्त्रण गर्नुका साथै मुटुसम्बन्धी रोग लाग्नबाट बचाउने, शरीरमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै मधुमेह रोग लाग्नबाट जोगाउने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने जानकारहरु बताउँछन् । उनीहरुका अनुसार पेटको बिकारलाई शरीरबाट बाहिर निकाल्न मद्दत पुग्छ । पेटलाई सफा राख्न र पेट सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ । त्यो गाउँमा बर्षेनी लसुनबाट करोडौँ रुपैयाँ भित्रिने गरेको छ ।  

 

प्रकाशित: ९ असार २०७७ ११:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App