१० मंसिर २०८१ सोमबार
image/svg+xml

तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ। तर,बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन।

उचित मूल्य नपाउँदा गोलभेडा बारीमै

कृषक पुष्पराज खड्का गोलभेडा उत्पादन भएकामा जति खुसी छन् त्योभन्दा बढी उचित मूल्य नपाएकोमा दुःखी छन्। ‘प्रतिकिलो गोलभेडा २० रुपैयाँमा बिक्री गर्नुपरिरहेको छ’, उनले भने, ‘राखौँ बिग्रेर जान्छ, सस्तोमा दिए लगानी पनि उठ्ने अवस्था छैन।’

लसुन किन्न बारीमै ब्यापारी

जुम्ला पातारासी गाउँपाकिला ६ की छुमकली बुढा लसुन खेति प्रति निकै आकर्षित छिन् । यो समयमा उनको बारीमा लसुन खेति गरिएको छ । लसुनले आर्थिक समृद्धि ल्याएको उनी बताउँछिन् ।

अरुबेला भारतसम्मै पुग्ने तरकारी अहिले बजारमै बेच्न पाएनन्

अर्जुन थपलियाको परिवार जन्मभूमिको उर्वर माटोमै तरकारी खेती गरेको दशकौं भैसक्यो । तरकारी खेतीको प्राविधिक सीप जानेका थपलिया परिवारको तरकारी खेतीबाट तरक्की देखेर गाउँलेले जीवन धान्ने मुख्य पेसा तरकारी खेतीलाई नै बनाए ।

बारीमै सड्यो काउली र बन्दा

लम्कीचुहा नगरपालिका–२, गणेशपुरका किसान लौटन चौधरीको काउली खेतीमा मात्रै तीन लाख रुपैयाँ लगानी डुबेको छ। उनले एक बिघा क्षेत्रफलमा काउली खेती गरेका छन्।

भोट माग्न खेतबारीमै पुग्नथाले उम्मेदवार

ग्रामिण भेगका जनतालाई यतिबेला बाली भित्र्याउने चटारो छ। मतदाताहरु खेतबारीमा ब्यस्त छन्। धान बाली भित्र्याउनु पर्ने र गहुँबाली छर्नु पर्ने दोहोरो कामको चटारो किसानलाई छ।

सयौं क्विन्टल गोदाममा, केही बारीमै

मेची पहाडको मुख्य उत्पादनमध्ये एक अदुवा केही दिनभित्रै निकासी नखुले गोदाम या बारीमै सड्दै छ। साउन र भदौ अदुवाको माउ निकालेर बेच्ने मुख्य सिजन हो। पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा मुख्य उत्पादन हुने अदुवा खन्ने र बेच्ने चटारोमा रहेका किसानलाई भारतले एक्कासि आयात रोकेर संकटमा पारिदिएको थियो।

गोदाम र बारीमै कुहिँदै नेपालकाे अदुवा

हानीकारक विषादीको मात्रा पाइएको भन्दै भारतीय पक्षले नेपाली अदुवा भारत निर्यात रोकेपछि जिल्लाका हजारौं किसान र सयौैं व्यापारी मारमा परेका छन्। मध्यसिजनमै अदुवा निकासी रोकिएपछि किसानले झिकेर बेच्न ठिक्क पारेको अदुवा कुहिने डर उनीहरूलाई छ।

महाकाली पारी डुबानले बारीमै सड्न थाले परबर

महेन्द्रनगर– परबर उत्पादनका लागि उर्वर भूमिका रुपमा चिनिने कञ्चनपुरको महाकाली नदी पारीको दोधारा–चाँदनी नगरपालिकाका कृषकलाई निरन्तर वर्षा र बाढीले हैरान पारेको छ । बाढीले परबर लगाएका खेत डुबानमा परेपछि यस्तो समस्या आएको हो ।

खेराबारीमै प्लटिङ

व्यावसायिक रुपमा फस्टाउन थालेको चितवनको केराखेती अव्यवस्थित जग्गा प्लटिङको चपेटामा परेको छ। चितवनमा अधिकांश केरा व्यवसायीले जग्गा भाडामा लिएर केरा खेती गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्