इटहरीमा कोरोना खर्च चार करोड ३३ लाख
इटहरी उपमहानगरपालिकाले कोरोना संक्रमण (कोभिड–१९ ) को नियन्त्रण र रोकथाममा अहिलेसम्म चार करोड ३३ लाख रुपैयाँ खर्च भएको सार्वजनिक गरेको छ। उपमहानगरपालिकाको सातौं नगर परिषदका क्रममा बुधबार उपप्रमुख लक्ष्मी गौतमले संक्रमणको कारण प्र्रभावितलाई राहत, उद्दार, क्वाराइन्टाइन व्यवस्थापन तथा सञ्चालनका लागि सञ्चित कोषबाट खर्च भएको जानकारी दिइन् ।

