काठमाडौं महानगरपालिकाले आगामी आव ०७७/०७८ को बजेटमा बैंक वित्तीय संस्था लगायत वित्तीय सेवामुलक संघ संस्थालाई व्यवसाय करमा २० प्रतिशत छुट दिने निणर्य गरेको छ । महानगरपालिकाले बुधबार आगामी आवको बजेटको आर्थिक विद्येयक सार्वजनिक गरी वित्तीय सेवा करमा २० प्रतिशत छुट दिने घोषणा गरेको हो ।
सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण ब्यापार व्यवसायीलाई प्रत्यक्ष प्रभाव परेकाले आगामी आवमा व्यवसाय करमा २० प्रतिशत छुट दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ । हालसम्म वाणिज्य बैंकका केन्द्रीय कार्यालयले सरकारलाई वार्षीक एक लाख रुपैयाँ व्यवसाय कर बुझाउँदै आएकोमा अब ८० हजार रुपैयाँ तिरे पुग्नेछ । वाणिज्य बैंकले प्रतिशाखा ५० हजार रुपैयाँ व्यवसाय करलाई ४० हजार रुपैयाँ र बिस्तारित काउण्टरको २० हजार रुपैयाँ कर अब १६ हजार तिर्नु पर्नेछ ।
महानगरपालीकाका अनुसार हालसम्म विकास बैंकहरुले केन्द्रीय कार्यालयको ७५, शाखा कार्यालयको ४० हजार (प्रतिशाखा) रुपैयाँ, बिस्तारित काउण्टर बापत १५ हजार रुपैयाँ कर तिर्नु पर्नै व्यवस्था रहेकोमा अब २० प्रतिशत छुट पाउँने भएका छन् ।
त्यसैगरी, वित्त कम्पनीको केन्द्रीय कार्यालयको ५० हजार रुपैयाँ, वित्त कम्पनीको शाखा कार्यालयमा प्रति शाखा २५ हजार रुपैयाँ व्यवसाय करमा २० प्रतिशत छुट पाउँने भएका हुन् । महानगरपालिकाका अनुसार हाल सहकारी बैंक केन्द्रीय कार्यालय सञ्चालन गर्न २५ हजार रुपैयाँ, सहकारी बैंक शाखा कार्यालय १५ हजार रुपैयाँ व्यवसायीक कर तिर्दै आएकोमा वित्त÷फाइनान्स कम्पनीले पनि व्यवसाय करमा २० प्रतिशत छुट पाउनेछन् ।
त्यसैगरी, महानगरपालिकाभित्र सञ्चालनमा रहेको बीमा कम्पनीले केन्द्रीय कार्यालयले अब ४० हजार रुपैयाँ र बीमा कम्पनी शाखा कार्यालयको प्रति शाखा १६ सय रुपैयाँ व्यवसाय कर तिर्नुपर्ने छ ।महानगरपालिकाका अनुसार शेयर कारोवार वा अन्य आर्थिक कारोवार गर्ने इन्भेस्टमेण्ट कम्पनीले ८ हजार, शेयर रजिष्टरका लागि २० हजार रुपैयाँ भुक्तानी गर्नूपर्नैछ ।
त्यसैगरी, महानगरपालिकामा सञ्चालनमा रहेका मनी एक्सचेञ्जले १२ हजार, मनी एक्सचेंञ्ज काउन्टरको शाखाले ४ हजार रुपैयाँ व्यवसायीक कर भुक्तानी गर्नुपर्नेछ भने रेमिट कम्पनीले प्रति एकाई ३२ सय रुपैयाँ तिर्नुपर्नेछ । नेपाल राष्ट्र बैंक अनुसार हालसम्म २७ क वर्गका वाणिज्य बंैक, २४ ख वर्गका विकास बैंक, २२ ग वर्गका फाइनान्स कम्पनी, ९० घ वर्गका लघुवित्त वित्तीय संस्था र करिब ३५ हजार सहकारी संस्था सञ्चालनमा छन् ।
प्रकाशित: १० असार २०७७ १२:१७ बुधबार





