आधुनिक भौतिकशास्त्र र गणितका पिता मानिने सर आइज्याक न्यूटनको वैज्ञानिक योगदान आज पनि विश्वभर प्रख्यात छ। सन् १६४३ जनवरी ४ मा इङ्गल्याण्डको वुल्सथोर्पमा उनको जन्म भएको थियो। १७औँ शताब्दीको वैज्ञानिक क्रान्तिका केन्द्रीय व्यक्तित्व न्यूटनले विज्ञानको दिशा नै परिवर्तन गरिदिएका थिए।
उनका गतिको तीन नियम र गुरुत्वाकर्षणको नियम विश्वमा सबैभन्दा बढि प्रसिद्ध छन्। उक्त नियमहरूले ग्रहहरूको गति, पृथ्वीमा वस्तु खस्ने कारणको समेत व्याख्या गरेका थिए।
सन् १६८७ मा प्रकाशित न्युटनको चर्चित कृति
‘प्रिन्सिपिया’ लाई विज्ञान इतिहासकै सबैभन्दा प्रभावशाली पुस्तक मानिन्छ।उक्त कृतिले आधुनिक विज्ञानलाई गणितीय आधार प्रदान गर्न मद्धत गरेको छ।
गणितको क्षेत्रमा न्यूटन क्याल्कुलसका प्रमुख आविष्कारकमध्ये एक हुन्। वक्रको ढलान र क्षेत्रफल गणना गर्ने उनको विधिले विज्ञान, प्रविधि र इन्जिनियरिङ क्षेत्रमा नयाँ आयाम थपेको थियो। विज्ञान जगतमा न्युटनको योगदानलाई आधुनिक विज्ञानको मेरुदण्डका स्मरण गरिदै आएको छ। एजेन्सी
प्रकाशित: २० पुस २०८२ ०९:१४ आइतबार





