फेरि विवादमा अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन्। सत्ता साझेदार माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी भएका मन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गर्दा राजस्वसहितका विषय चुहावट गरेको आरोप लागेको छ।
अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा तानिएका छन्। सत्ता साझेदार माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी भएका मन्त्री शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माण गर्दा राजस्वसहितका विषय चुहावट गरेको आरोप लागेको छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) का कार्यकारी निर्देशक शरदविक्रम राणाले कलात्मक सहर भक्तपुरले निर्यातको सम्भावना धेरै बोकेको बताएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्ने कुरा अत्यन्तै भ्रामक, झुठा र कपोकल्पित भएको भन्दै त्यसको खण्डन गरेका छन्।
प्रदेश १ को सरकारले ३७ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ। प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङ्वोले चालु आर्थिक वर्ष०७८/७९को भन्दा आगामि आर्थिक वर्ष ०७९/८० को बजेट १५ प्रतिशत भन्दा बढी हुने बताए।
भर्खरै चुनाव जितेर आएका जनप्रतिनिधिलाई सबैलाई खुसी पार्ने बजेट ल्याउनुपर्ने बाध्यता छ। अर्कोतर्फ प्रदेश र संघको निर्वाचन पनि यही बर्ष हुने भएकाले पनि लोकप्रिय (वितरणमुखी) बजेट कसरी बनाउने भन्नेमा जनप्रतिनिधिको ध्यान केन्द्रित भएको पाइन्छ। यतिबेला स्थानीय तहका प्रमुख उपप्रमुख वडा वडामा पुगेर योजना मागिरहेका छन्। वडा जनप्रतिनिधि टोल टोलमा पुगेका छन्।
पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २ हजार बिन्दुभन्दा तल झरेको छ। नेप्से परिसूचक मंगलबार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो।
सरकारले कृषि क्षेत्र नतोकिकन घर जग्गाका लागि जग्गाको कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको छ।
केही दिनअघिको वर्षाले तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउसमा पहिरो निम्त्यायो। पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भयो। पृथ्वीराजमार्गको पोखरा–मुग्लिन खण्डमा बेलाबेला समस्या आउँछ। यो राजमार्गको विकल्पमा सहीद बुद्धसिंह मार्ग छ। तर, बैकल्पिक मार्ग सुधार्नमा कहिल्यै चाँसो दिइएन। यतिसम्मकी त्रिशुलीमाथि बनाउन थालिएको पुल बेलैमा नबन्दा बुद्धसिंह मार्ग चल्तीमा अउन सकेको छैन। बुद्धसिंह मार्ग जोड्नेगरी त्रिशुलीमाथि आठवर्ष अघि पुल बनाउन सम्झौता भएपनि अहिलेसम्म जम्मा ३० प्रतिशत काम भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अबका दिनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले नाक छोपेर हिँड्नु नपर्ने भन्दै विमानस्थललाई सफाइको नमूना बनाउने बताएका छन्।
डलरको तुलनामा नेपाली मुद्रा इतिहासकै कमजोर बिन्दुमा पुगेको छ। अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएपछि नेपाली मुद्रा डलरको तुलनामा इतिहासकै कमजोर अवस्थामा पुगेको हो।
भक्तपुर उद्योग वाणिज्य संघ तथा रोजगारविहीन अपांगता भएका व्यक्तिहरुका लागि उर्जाशील अवसर परियोजनाको संयुक्त तत्वावधानमा विभिन्न प्रकारका अपांगता भएका व्यक्तिहरुलाई व्यवसायिक सीप प्रदान गरी रोजगारीमा समान अवसर प्रदान गर्ने सम्बन्धी अन्तर्क्रिया कार्यक्रम भक्तपुरमा सम्पन्न गरियो।
कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले मलको समस्या दीर्घकालीन रुपमा समाधान गर्नका लागि छुट्टै निकाय स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
राष्ट्रिय गौरव आयोजना अन्तरर्गत हुलाकी सडकले गर्दा सदरमुकाम तौलिहवाको मुहार फेरिएको छ। कपिलवस्तुको विकासको मेरुदण्डारुपमा रहेको हुलाकी सडक कालोपत्रे भएपछि तौलिहवा निकै सुन्दर देखिएको छ।
कुमारी बैंक र कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच सम्झौता भएको छ। बैंकका ग्राहकलाई सो होटेलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।
ज्योती विकास बैंकले अन्नपूर्ण केबलकारसँग सम्झौता गरेको छ। सम्झौताअनुसार पोखरास्थित फेवातालकिनार र सराङकोटलाई जोड्ने अन्नपूर्ण केबलकार टिकटमा बैंकका ग्राहकलाई १० प्रतिशत छुट हुने व्यवस्था रहेको छ।
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार ८ सयले घटेर ९७ हजार १ सय रूपैयाँमा आएको छ। सुनकाे मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
ग्लोबल आइएमई बैंकले निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि पनि छलफल भएको हो।
‘कोक उठाऊँ, आफूलाई जगाऊँ’ भन्ने ट्याग लाइनसहित यो वर्षको अपलिफ्ट क्याम्पेन सुरु भएको छ।
अत्यन्त जटिल र नयाँ विषयमा समेत मुद्दा दायर गर्यौँ। ठूला व्यावसायिक घरानाका केही मुद्दा अदालतमा दर्ता गरिएको छ।
कर्पाेरेशनका विभागीय प्रबन्धक बज्रेश झाले भने, '१७ हजार मेट्रिक टन अर्थात् चार लाख बोरा डिएपी आफ्ना डिपो/बिक्री कक्षमार्फत वितरण गरिराखेका छौँ। बाँकी तीन हजार मेट्रिक टन पनि भारतको कोलकाता बन्दरगाहमा आइसकेको छ।' मल प्रतिबोरा ५० केजीको हुन्छ।
पोखरा–जोमसोम उडानका क्रममा दुई साताअघि तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा पर्यो। दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु भयो।
बर्खायाम सुरु भएलगत्तै चल्ने रासायनिक मलको ‘पिरलो’ ले किसानलाई यस वर्ष पनि छाडेन। खेतीपातीको जोरजाममा लागिसकेका उनीहरूलाई विगतका वर्षजस्तै यसपटक पनि ‘फसल’ कसरी सपार्ने भन्ने चिन्ताले सताइरहेको छ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण हुने भएको छ। आपतकालीन अवस्थामा र आवश्यक परे अतिविशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्न मिल्नेगरी सिंहदरबार परिसरभित्रै हेलिप्याड निर्माण प्रस्ताव गरिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ।