भारतीय अभिनेता सलमान खानको कार्यक्रमबारे संसदमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई सांसदहरुले प्रश्न गरेका छन्।
मन्त्री आलेले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एउटा नीजी कम्पनीसँग सलमान खानको सांस्कृतिक कार्यक्रममा सहजीकरण गरेका थिए। तर खान निधारित समयमा नेपाल आएनन्। यसबारे पनि आलेले बुधबार संसदमा जानकारी गराएका छन्।
सांसद पार्वता डीसी चौधरीले पर्यटन पैवद्र्धनका लागि पर्यटन मन्त्रीले हलिउडका नायक सलमान खानलाई निम्ता दिनुभएको र सामाजिक सञ्जालमा निकै चर्चा परिचर्चा भएको उल्लेख गर्दै हलिउडकै मान्छे र भारतबाटै बोलाउनुपर्ने कारण के हो भन्दै प्रश्न गरेकी थिइन्। उनले नेपालमा त्यस्ता मान्छे नभएर सलमान खानलाई बोलाइएको हो र? भन्दै प्रश्न राखिन्।
मन्त्री आलेले उक्त कार्यक्रम मन्त्रालयले नगरेको र नीजि क्षेत्रले गरेको उल्लेख गर्दै भने, ‘उहाँहरुले (आयोजक)ले कति पैसा पठाइसक्नु भएको छ। कति पैसा पठाउन बाँकी थियो।’
उनले सलमान खान र उनीसँग आउने कलाकारहरुको मुद्दा अदालतमा विचाराधिन भएकाले कार्यक्रम ढिलो भएको सुनेको बताए। ‘सलमान खान र उहाँहरुसँग आउने कलाकारहरुको केही मुद्दा अदातलमा विचाराधिन भएको र देश बाहिर जान नपाइने फैसलाले गर्दा उहाँहरुको कार्यक्रम ढिलो भएको माननिय ज्यूहरुलाई जानकारी गराए’, उनले भने।
प्रकाशित: १ असार २०७९ १०:१४ बुधबार





