नेकपा एमालेका सचिव महेश बस्नेतले झापा-५ बाट रास्वपाका उम्मेदवार बालेन शाहले पाथीभरा मन्दिर पुगेर पूजापाठ गर्नु अनुचित भएको बताएका छन्।
उनले शाहलाई पितृशोक परेको भन्दै हिन्दु धर्मअनुसार करिब एक वर्षसम्म देवदर्शन, पूजा–पाठ तथा ठूला धार्मिक कर्म निषेध हुनुपर्ने धारणा राखेका हुन्।
शुक्रबार बिहान शाहले पाथीभरामा पूजा आराधना गरेका थिए। त्यसपछि बस्नेतले सामाजिक सञ्जालमार्फत हिन्दु संस्कारको दृष्टिले यस्तो गतिविधि अनुचित रहेको तर्क गरेका हुन्। आस्था निजी विषय भए पनि धर्मलाई चुनावी प्रचारको साधन बनाउनु संस्कारविपरीत र नैतिक रूपमा गलत हुने उनको भनाइ छ।
हेर्नुस् उनको स्टाटस
हिन्दु संस्कार अनुसार आफन्त बितेपछि पूजा–दर्शन गर्न मिल्छ?
उत्तर:
मिल्दैन।
बा–आमा वा नजिकको आफन्त बितेपछि
१ बर्ष सम्म अशौच (जुठो) मानिन्छ।
यो अवधिमा देवदर्शन, पूजा–पाठ,
ठूला धार्मिक कर्म निषेध छन्।
प्रश्न:
त्यसो भए चुनावको मुखमा पाथिभरा दर्शन के हो?
उत्तर:
हिन्दु संस्कारको दृष्टिले
यो अनुचित र बेठिक हो।
आस्था निजी विषय हो,
तर धर्मलाई चुनावी प्रचारको साधन बनाउनु
संस्कारविपरीत र नैतिक रूपमा गलत हो।
प्रकाशित: ९ माघ २०८२ ११:३१ शुक्रबार





