नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले नेपालले एक वर्षमा दुई वटा सिरिज टेस्ट राष्ट्रसँग खेल्नुपर्ने बताएका छन्।
रोहितले आफ्नो विश्वकपको अन्तिम खेलमा स्कटल्यान्डलाई पराजित गरेपछि पत्रकारसँग उक्त कुरा बताएका हुन्। ‘यो विश्वकप सकेसँगै हामीले एक वर्षमा दुई वटा टेस्ट राष्ट्रहरूसँग सिरिज खेल्नुपर्छ यसले गर्दा हामीले आफ्नो कमजोरी र राम्रो पक्ष थाहा पाउन सक्छौं’, कप्तान रोहित भन्छन् ‘यस प्रकारको सिरिजले खेलाडीहरूको पनि विकास हुन्छ त्यसैले गर्दा अब यस्तो खाले सिरिज आवश्यक छ।’
नेपालले जारी टी-२० विश्वकपमा समूह चरण अन्तर्गत आफूले खेलेको ४ खेलमा ३ मा पराजय र एक मा विजयी हासिल गरेको छ। नेपालले मंगलबार राति स्कटल्यान्ड हराउँदा १२ वर्षपछि विश्वकपमा जित हासिल गर्न सक्यो। रोहितले पत्रकारहरूसँग स्कटल्यान्डसँगको जित एकदमै आवश्यक रहेको बताए।
प्रकाशित: ६ फाल्गुन २०८२ १२:४४ बुधबार





