१७ माघ २०८२ शनिबार
image/svg+xml
समाज

बाटोमा लडेर एकजनाको मृत्यु

बाजुराको त्रिवेणी नगरपालिकामा बाटोमा लडेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही नगरपालिका–९ ताम्सु बस्ने ४१ वर्षीय भीमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी लक्ष्मीराज जोशीले बताए।

बिहीबार राति ८ बजे गाउँनजिकैको पसलबाट घर फर्किने क्रममा बीच बाटामा लडेर घाइते भएका थापालाई आज बिहान उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेकाे जोशीले बताए।

मृतक थापाको शरीर र टाउकोमा भित्री चोट लागेकाे र उपचारमा ढिलाइ हुँदा मृत्यु भएको जनाइएको छ। हाल शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ।  

प्रकाशित: ९ माघ २०८२ ११:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App