२३ पुस २०८२ बुधबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक २९.८९ अंकले गिरावट

पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से बुधवार पनि उच्च अंकले गिरावट आएको छ।

बुधबार नेप्से परिसूचक २९.८९ अंक घटेर १९६६.३७ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७७ अंक घटेको छ।

बुधबार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलवारको तुलनामा नेप्से कारोबार रकम सामान्य अंकले बढेको छ। मंगलवार १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये वित्त, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन् भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार नेप्से परिसूचक ओरालो लागेपनि दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यता,बलेफी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, माउण्टेन हाइड्रो, शिखर इन्स्योरेन्स शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा १२ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। हिमालयन डिष्टिलरीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

प्रकाशित: १ असार २०७९ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App