अब सिंहदबारभित्रै हेलिप्याड

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण हुने भएको छ। आपतकालीन अवस्थामा र आवश्यक परे अतिविशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्न मिल्नेगरी सिंहदरबार परिसरभित्रै हेलिप्याड निर्माण प्रस्ताव गरिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ।