१३ माघ २०८२ मंगलबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक १५.८२ अंकले गिरावट

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ। पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमवार १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंकले घटेको छ। 

सोमबार कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्सेसँग पछिल्लो समय कारोबार रकममा समेत गिरावट आउन थालेको छ। सोमवार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्। 

सोमबार नेप्से ओरालो लागेपनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै यता मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.४० प्रतिशत घटेको छ। बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य पनि  ५ प्रतिशतभन्दा बढीले घटेको छ।

कारोबार रकमका आधारमा ९ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर सानिमा बैंक शीर्ष स्थानमा रहेको छ। सिभिल बैंकको ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

प्रकाशित: ३० जेष्ठ २०७९ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App