१९ पुस २०८२ शनिबार
image/svg+xml
अर्थ

सुर्खेतमा पेट्रोलको हाहाकार

वीरेन्द्रनगरस्थित नारायण पेट्रोल पम्पमा पेट्रोल हाल्न लाईनमा बसेका सवारी साधनहरु। तस्बिर: गोविन्द/नागरिक

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोलको हाहाकार भएको छ। भारतीय नाकाबाट तेल नआउँदा ३ दिनदेखि पेट्रोलको हाहाकार हुन थालेको हो।  

भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले ईन्धन बोकेको नेपाल आउने ट्याङकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयाल निगमले जनाएको छ।

सोमबार वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झन थालेपछि तेल हाल्न सवारी साधनको भिड लागेको छ। प्रहरीले सोमवार दिउँसोबाट भिड नियन्त्रण हम्मे-हम्मे परेको छ। तेल हाल्नेको भिड्का कारण सुर्खेत नेपालगंज सडक खण्डको खजुरामा केही समय सडक अवरुद्ध भएको थियो। मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुने नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ। 

हाहाकार भएको ३ दिनपछि सोमबार वीरेन्द्रनगरका ५ वटा पम्पमा ४ हजार लिटरको पेट्रोल झरेको हो। दिपमाला, बुलबुले, नारायण, गंगामाला र शंकर पेट्रोल पम्पमा पेट्रोल झरेको थियो। भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले कोर्डमा समस्यामा आउँदा नेपाल आउने ईन्धन बोकेका गाडी नाकामै रोकिदाँ तेल अभाव भएको नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले बताए। ‘भारतिय नाकामा सुर्खेत आउने ५ लाख लिटर पेट्रोल र १२ लाख लिटर डिजेल रोकिएको छ।’ नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले भने। उनका अनुसनर मंगलबारदेखि धनगढीबाट ल्याएर भएपनि वितरणमा सहज हुनेछ।

प्रकाशित: ३० जेष्ठ २०७९ १२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App