१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

अनुदानको मल व्यापारीलाई बेच्ने सहकारीलाई कारबाही

अनुदानको मल ब्यवस्थापन गर्न गठित जिल्ला मल ब्यवस्थापन समिति कपिलवस्तुले अनुदानको १०२ बोरा मल किराना पसललाई बिक्री गर्ने कृषि सहकारीलाई कारबाही गर्न कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय रुपेन्देहीलाई पत्रचार गरेको छ ।  

यो मल अर्घाखाचीको मालारानी गाउपालिका-६ स्थित फूलबारी साना किशान कृषि सहकारी संस्था लिमिटेडले गत मंसिर १ गते कृषि सामाग्रीबाट किनेको थियो । गत पुस ५ गते नगरपालिका वडा नम्बर १० स्थित पेचहरामा रहेको मनोज किरान पसलमा लुकाई राखेको अवस्थामा १ सय २ बोरा अनुदानको मल प्रहरीले बरामद गरेको थियो । प्रहरीको प्रतिबेदनको आधारमा गत पुसर ११ गते सतितिको संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछानेको अध्यक्षमा बसेको बैठकले अनुदानको मल बेच्ने बिक्रेतालाई अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि २०८२ अनुसार कारबाही गर्न लिखित निर्णय समेत गरको थियो ।  

समितिको निर्णय अनुसार कृषि ज्ञान केन्द्रले पुस ११ गतेको चलानी नम्बर २ सय ३६ बाट कृषि सामाग्रीको प्रादेशिक कार्यालयलाई कारबाहीकालागि पत्रचार गरेको हो । कार्यविधि विपरित आफना क्षेत्रका किशानलाई बितरण गर्ने भनी उपलब्ध गराइएको मल किराना पसललाई बेचिएको प्रहरी प्रतिबेदनमा छ । प्रहरी प्रतिबेदन र मुचुल्का अनुसार बिक्रेता सहकारीलाई छानबिन गरी कार्यबिधि अनुसार कारबाही गर्न निर्णय सहीत पत्राचार गरिएको समिति संयोजक लामिछानेले बताए ।  

‘हामीले अनुदानको मल किराना पसलमा बेच्ने बिक्रेतालाई कार्यविधि अनुसार कारबाही गर्न कृषि सामग्रीलाई पठाएका छौ’ उनले भने । उनले अनुदानको मल कालोबजारी गर्ने र कार्यबिधि अनुसार काम गर्ने कृषि सहकारीलाई निग्रानीमा राखिएको बताए ।  

गत पुस गते किराना पसलमा राखिएको अवस्थामा ४० बोरा युरिया र ६२ बोरा डिएपी मलसहित गोरखनाथ बानियाँलाई पक्राउ गरको थियो ।  

१ लाख ६६ हजार मुल्य कायम गरी सो मलसहित पक्राउ परेका बनियाँलाई प्रहरीले आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाएको थियो । बरामद मल कृषि सहकारीले सो किराना पसललाई बढी मुल्य लिई बाटो मै बचेको थियो । अर्घाखाची, पाल्पा, गुल्मी, स्याङ्जालगायतका जिल्लामा कृषि सहकारीले लैजाने अनुदानको मल कपिलवस्तु र रुपन्देही लगायतका तराईका जिल्लामा बेच्ने गरेको किसानहरूले नै बताएका छन् । पहाडतर्फ युरिया र डिएपी मल त्यति प्रयागे गर्ने चलन नभएकाले कृषि सहकारीले पाउने कोटा सेटिङमा बढी मूल्य लिई बेच्ने गरेका छन् ।  

प्रकाशित: १९ पुस २०८२ १६:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App