प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकाको सैन्य हमलाको विरोध गरेका छन्। शनिवार फेसबुकमार्फत भट्टराईले विरोध जनाएका हुन्।
‘संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजुएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र त्यहाँका राष्ट्रपतिको अपहरण संयुक्त राष्ट्र संघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लंघन हो,’ भट्टराईले लेखेका छन्, ‘यसको सबै सार्वभौम राष्ट्रहरूले र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ।’
हमलालाई भट्टराईले ‘जसको लाठी उसको भैँसी’ प्रवृत्ति भएको टिप्पणी गर्दै ‘बेलैमा सबै मिलेर रोक्न नसके सबैतिर भयंकर अनिष्ट आउन सक्छ’ भनेर लेखेका छन्।
प्रकाशित: १९ पुस २०८२ १७:२१ शनिबार




-600x400.jpg)
