८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

सार्वजनिक यातायातलाई व्यवस्थापन गर्न सरकारसँग अनुरोध

यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारलाई तत्काल सार्वजनिक यातायात व्यवस्थापन गर्न अनुरोध गरेको छ ।  

महासंघका महासचिव सरोज सिटौलाले सरकारले तत्काल ऊर्जा खपतको वैकल्पिक उपाय अपनाउनुपर्ने सुझाव दिँदै सार्वजनिक यातायात व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।

यद्यपि सरकारले निजी सवारीलाई निरुत्साहित गर्न र विद्युतीय सवारीलाई बढावा दिन नचाहेको उनको भनाइ छ ।

‘कर्मचारिले निरन्तर मूल्य बढाउने घोषणा गरिरहेका छन् केही दिनमै पेट्रोलमा पनि भारी वृद्धि हुँदैछ तर निजी सवारी कम सञ्चालन गर्ने, बिजुलीबाट चल्ने यातायातलाई बढावा दिनेतिर सरकार लागेको छैन,’ उनले भने ।

महासंघले भाडादर समायोजनको लागि पठाएकोमा समेत विभागले बेवास्ता गरेको उनको गुनासो छ । ग्यासबाट चल्ने निलो रङ्गो माइक्रो उपत्यकामा चल्न पातलिएको भन्दै उनले यातायातका समस्या अझै चुलिने उनले बताए ।

प्रकाशित: ८ चैत्र २०८२ २०:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App