दुर्गालाई घात, कुमारीलाई महाघात
दुर्गालाई एमालेबाट घात मात्र भएको छ। योभन्दा ठूलो अन्तर्घात भोगिन् मेलम्ची नगरमा राप्रपाकी कुमारी तामाङले। यहाँ पनि त्यसैगरी अन्तिम दिनमा गठबन्धन भयो।
दुर्गालाई एमालेबाट घात मात्र भएको छ। योभन्दा ठूलो अन्तर्घात भोगिन् मेलम्ची नगरमा राप्रपाकी कुमारी तामाङले। यहाँ पनि त्यसैगरी अन्तिम दिनमा गठबन्धन भयो।
नव निर्वाचित पालिका प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार दिउँसो १ बजे दशरथचन्द नगरपालिकाको हलमा १० वटै स्थानीय तहका प्रमुखहरूले जिल्ला न्यायाधीश तिलकबहादुर कार्कीबाट शपथ लिने कार्यक्रम रहेको छ।
काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।
गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार १ सय ६६ मत पुर्याएका हुन्।
सिरहाको धनगढीमाइ नगरपालिकामा नेकपा एमालेबाट मेयर उम्मेदवार शिवशंकर महतो निर्वाचित भएका छन्।
जिल्लामा वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भैसकेको छ। केन्द्रीय निर्णयअनुसार नै बागलुङमा पाँच दलीय गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भयो।
वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका उम्मेदवारले एमालेको उम्मेदवारभन्दा झन्डै दोब्बर अग्रता लिएका छन।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा यहाँको सुनकोसी गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएर पाँच बर्ष स्थानिय सरकार चलाएर अनुभव बटुलेकी दिपा बोहोरा दाहाललाई सुनकोसीका मतदाताले पुन मत दिएर विजयी गराएका छन्।
२०७४ सालको स्थानीय निकायको निर्वाचनमा भन्दा जिल्लाका दुई वटा नगरपालिकामा मेयर गुमाएको नेकपा एमालले पार्टीका चर्चित नेता महेश वस्नेतको क्षेत्रको नगरपालिकामा भने मेयर उपमेयर दुवै जोगाउन सफल भएको छ।
निकटतम प्रतिद्वन्द्वी एमालेका राईले ५ हजार ९ सय ६६ मत पाएका छन्। उपमेयरमा राउतले ५ हजार ९ सय ३४ मत ल्याएर जित्दा माओबादीका अमेम्बर राईले ५ हजार ६ सय ६१ मत पाएका छन्।
कांग्रेस सँगको तालमेल सफल नभएपछि उनले एमाले सँग तालमेल गर्दा पनि जसपा उम्मेदवारलाई माओवादी उम्मेदवारले मेयरमा पराजित गरे। माओवादी उम्मेदवार विवश चिन्तन मेयरमा विजयी बने। जसपाले पालुङटारमा तीनवटा वडा मात्रै जित्यो।
काठमाडौं महानगरपालिकामा मतगणना सकिएको पाँच वटै वडामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरू निर्वाचित भएका छन्।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १७४ जना मेयर र उपमेयर र ३९६ जना अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएको जानकारी दिएका छन्।
सखुवानन्कारकट्टी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका केदारनाथ यादव पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्।
मधेश प्रदेशको प्रदेशसभामा नेपाली कांग्रेसका मुख्य सचेतक उपेन्द्रप्रसाद कुशवाहालाई नगरबासीले मेयर पदमा अस्वीकार गरेका छन्।
पोखरा महानगरमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए अटेरी अभियानका गनेस पौडेल (खडकराज) ले। गनेस र बालेन्द्रको एउटै चुनाव चिह्न थियो-लौरो। तर, काठमाडौं महानगरमा बालेन्द्रको चर्चा र उनले पाएको मतको आकार झन्डै दोब्बर हुँदा पोखरामा पौडेलले भने उत्तिसारो मतदाताको सहानुभूति बटुल्न नसकेको अहिलेसम्म उनले पाएको मतसंख्याले पुष्टि गर्छ।
मोरङमा अन्तिम मतपरिणाम सार्वजनिक भएका ९ स्थानीय तहमध्ये ५ स्थानमा कांग्रेस र ४ स्थानमा एमालेका उमेदवार निर्वाचित भएका छन्।
मतदान अधिकृतको दस्तखत विनाको मतपत्र भेटिएपछि रोकिएको धरानको मतगणना कार्य सुचारु भएको छ।माओवादीको विरोधपछि बुधबार दिउँसो करिब ४ बजेदेखि रोकिएको मतगणना आज सुचारु भएको निर्वाचन सहायक अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए। अहिले वडा ८,१२ र ११ को मतगणना भइरहेको छ।
कपिलवस्तु नगरपालिकामा नव निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालले नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र दिएको हो।
गोरखाको पालुङटार नगरपालिकामा हार्ने र जित्ने उम्मेदवार सँगसँगै विजयी र्यालीमा सहभागी भएका छन्।
कांग्रेससँगको तालमेल नमिलेपछि सत्ता गठबन्धन भन्दा बाहिर रहेको नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) पालुङटार नगरपालिकामा पराजित भएको छ।
बुटवल उपमहानगरपालिकाको मतगणना स्थगित भएको छ। वडा नं. ११ को मतगणनाका क्रममा विवाद उत्पन्न भएपछि गणना कार्य रोकीएको हो।
व्यास नगरपालिका–८ रिस्तीको पुन मतदान सम्पन्न भएपछि बुधबार रातिदेखी नै यहाँ मतगणना सुरु भएको छ। हालसम्म व्यासको तीनहजार ६७६ मत गणना भएको छ। सुरुवातदेखी नै व्यासमा कैची चिह्न लिएर मेयरमा उठेका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले अग्रता कायम गरेका छन्।
धनुषाको सहिदनगर नगरपालिका मेयर पदमा (जसपा) का उम्मेदवार दिनेश प्रसाद यादव विजयी भएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार सुधीर गोइत भन्दा १६ सय ३८ मत बढी ल्याएर विजयी भएको हुन्।