८ वैशाख २०८१ शनिबार
निर्वाचन विशेष

तनहुँः व्यास नगरपालिकामा जोशीलाई पछ्याउँदै न्यौपाने

व्यास नगरपालिका–८ रिस्तीको पुन मतदान सम्पन्न भएपछि बुधबार रातिदेखी नै यहाँ मतगणना सुरु भएको छ। हालसम्म व्यासको तीनहजार ६७६ मत गणना भएको छ। सुरुवातदेखी नै व्यासमा कैची चिह्न लिएर मेयरमा उठेका स्वतन्त्र उम्मेदवार दिपकराज जोशीले अग्रता कायम गरेका छन्। हाल जोशी ५७७ मतान्तरले अगाडी छन्। जोशीले एकहजार ७०३ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका बैकुण्ठ न्यौपानेले एक हजार १९३ मत ल्याएका छन्।

नेपाली कांग्रेसबाट कारबाहीमा परेका गोविन्दराज जोशी समुहले तनहुँमा नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेको थियो  व्यासका मेयरका स्वतन्त्र उम्मेद्वार दिपकराज गोबिन्दराज जोशीका छोरा हुन्।  उपमेयरमा नेपाली कांग्रेसकी इन्दिरा दरै १४ मतले अगाडी छिन। दरैले एक हजार ४०८ मत प्राप्त गरेकी छिन। नेकपा एमालेकी बसुन्धरा घर्तीले एक हजार ३९४ मत ल्याएकी छन्।  

यस्तै व्यास नगरपालिका–३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ। वडाध्यक्षमा अनुप राना विजयी भएका छन्। राना ६५७ मत प्राप्त गरी विजयी भएका हुन्। प्रतिस्पर्धी नेकपा एमालेका बलराम श्रेष्ठले २५२ मत प्राप्त गरे। नेकपा एकीकृत समाजवादीका मंगलप्रसाद श्रेष्ठले ८२ मत मात्र प्राप्त गरे। वडा सदस्यमा दधिराज घिमिरे, शान्तिरमण वाग्ले, महिला सदस्यमा विनु श्रेष्ठ र दलित महिला सदस्यमा श्रीमाया विक विजयी भएका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ०७:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App