१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

धनुषाको सहिदनगरमा उदय अस्त, सुधीर सुस्त दिनेश विजयी

धनुषाको सहिदनगर नगरपालिका मेयर पदमा (जसपा) का उम्मेदवार  दिनेश प्रसाद यादव विजयी भएका छन्। उनी नेपाली कांग्रेसका उम्मेदवार सुधीर गोइत भन्दा १६ सय ३८ मत बढी ल्याएर विजयी भएको हुन्।

उनले ५७ सय ४३ मत प्राप्त गरेको छन् भने उनको निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार सुधीर गोइतले ४१ सय ५ मत प्राप्त गरेका छन्। निवर्तमान मेयर एवं माओवादी केन्द्रका उम्मेदवार उदय बरबरिया यादवले ४० सय ७७ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।

त्यस्तै उपमेयरमा नेपाली कांग्रेसकी सुनिता सिंह निर्वाचित भएकी छिन्। उनले निकटतम प्रतिद्वन्द्वी जसपाकी उम्मेदवार लक्ष्मीनिया कुमारी मंण्डल भन्दा १४० मत बढी ल्यएर विजयी भएकी छिन्। उनले ४९ सय ३१ मत प्राप्त गरेको हो। उनको प्रतिस्पर्धी मण्डलले ४७ सय ९१ मत ल्याएकी हुन्।

गत चुनावमा दिनेश प्रसाद यादव ३५ सय मत ल्याएर तेस्रो स्थानमा रहेको थियो भने माओवादीके केन्द्रबाट उदय बरबरिया यादव निर्वाचित भएका थिए।

प्रकाशित: ५ जेष्ठ २०७९ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App