२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

पाँच सय ७० पालिकाको परिणाम सार्वजनिक, २९ हजार ३ सय ३ प्रतिनिधि निर्वाचित

स्थानीय तह निर्वाचन अन्तर्गत बिहीबार दिउँसोसम्म ५७० वटा पालिकाको परिणाम सार्वजनिक भएको छ। 

निर्वाचन आयोगले बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै ५७० वटा स्थानीय तहको मतगणना सम्पन्न भएको जनाएको हो। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १७४ जना मेयर र उपमेयर र ३९६ जना अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएको जानकारी दिएका छन्। 

हालसम्म २९ हजार ३०३ जना जनप्रतिनिधि निर्वाचित भएको आयोगले जनाएको छ। ७५३ वटा स्थानीय तहमा कुल ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनुपर्छ। अझै करिब ६ हजार जनप्रतिनिधि निर्वाचित हुनको लागि मतगणना जारी छ। आयोगका प्रवक्ता पौडेलले ८० प्रतिशत हाराहारीको मतपरिणाम आइसकेको बताएका छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ १२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App