३ आश्विन २०८१ बिहीबार
image/svg+xml

'डाक्टर केसी एक्लो छैनौं, हामी पनि तिम्रो साथ छौं'

सुदूरपश्चिमको राजधानी धनगढीमा प्रत्येक दिन डा. गोविन्द केसीको जिवन रक्षाको माग राख्दै प्रदर्शन हुने गरेको छ।

एमडी/एमएसमा ७० प्रतिशत खुला सिट माग राख्दै डाक्टरहरु आन्दोलित

चिकित्सा शिक्षा आयोग सानोठिमीले दुई साता अघि सार्वजनिक गरेको एमडीको प्रवेश परीक्षा सिट बाँडफाँडमा गैर सरकारी चिकित्सकलाई अन्याय भएको भन्दै विरोध भएको छ।

कोरोना संक्रमित डाक्टरको वेदना : यस्ता छिमेकी हुनुभन्दा नहुनु जाती !

दुई हप्ताअघि उनको घरवरपर टोल सुधार समितिका प्रतिनिधिले ठाउँठाउँमा खतरा भनेर लेखिएको ब्यानर टाँग्न थाले । त्यसपछि डा. बगालेकै घरमा टाँस्न थाले । उनले यसो नगर्नुस् भन्दाभन्दै पनि राखेर गए ।

नौ सूत्रीय माग राख्दै वीपी प्रतिष्ठानका जुनियर डाक्टर आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्ट(जेआर) डाक्टरहरु विभिन्न ९ सुत्रीय माग राखेर सांकेतिक आन्दोलन शुरु गरेका छन् ।

काठमाडौंका स्थानीयबाट डाक्टर बसेको होस्टल घेराउ

शनिबार डाक्टर, नर्स र कर्मचारी होस्टलमै बसिरहेको अवस्थामा ५० जनाभन्दा बढी आएर होस्टलबाट निकाल्न खोजेका थिए। उनीहरूले होस्टल सञ्चालकले आफूहरूलाई जानकारी नै नदिई डाक्टरलाई राखेको भन्दै विरोध गरेका थिए।

प्रमुख डाक्टरसहित ७ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि भरतपुर अस्पताल चिन्तित

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले आइतबार दिउँसो अस्पतालको फेसबुक पेजमार्फत प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित ५ चिकित्सक र २ नर्समा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

कोरोनाका कारण भारतमा १९६ डाक्टरको मृत्यु

आइएएमले पत्र पठाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीलाई यस घटनाप्रति ध्यान दिन आग्रह गरेको छ । कोरोना महामारीमा डाक्टर असुरक्षामा परेकाप्रति चिन्ता व्यक्त गर्दै आइएएमले प्रधानमन्त्री मोदीको ध्यानाकर्षण गराएको छ ।

मनकारी डाक्टर, जसले तिरिदिए किसानको दुई लाख ऋण

आर्थिक वर्षको अन्तिम दिन । वीरेन्द्रनगर–२ का कृष्ण खत्री सहकारी संस्थाबाट लिएको चार लाख ऋण तिर्न नसकेर भौतारिरहेका थिए । सहकारीले पटक–पटक ताकेता गरिरहेपछि उनले आफूसँग रहेका तीन मध्ये एक भैंसी बिक्री गरे ।

कोरोना कहर : ‘डाक्टर भरोसा’ ! कि ‘भगवान भरोसा’ !

घुमाउरो पारामा सरकारले कोरोनाविरुद्धको लडाईमा आत्म सर्मपण गरिसकेको अबस्थामा आम जनताको स्वास्थ्य ‘डाक्टर भरोसा’ कि ‘भगवान भरोसा’मा टिकेको छ ।

टेलिफोनबाटै विशेषज्ञ सेवा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा. पुजनकुमार रोकायाको मोबाइलमा एकाबिहानै घण्टी बज्यो। मोबाइलमा नयाँ नम्बरबाट फोन आएको थियो। नयाँ नम्बर देखिने बित्तिकै डा. पुजनकुमारले अड्कल काटिहाले, ‘यो फोन पक्कै पनि कुनै बिरामीको हुनुपर्छ ।

संकटका सारथी डा. निरेश थापा

६ वर्षअघि डा. निरेश थापा कर्णालीमा आइपुगे। जतिबेला कर्णालीमा डाक्टरको अभाव थियो। सरकारी दरबन्दीमा रहेका डक्टर आउदैनथ्ये। कर्णालीका अस्पताल अनमी अहेवको भरमा चलिरहेको थियोे।

अनुमतिबिनै जीन अनुसन्धान गर्न दिएको भन्दै डा. रुनासहित ६ जनालाई स्पष्टिकरण

सरकार तथा सम्वन्धित निकायलाई जानकारी नदिइ कोरोना संक्रमित पहिलो युवाको जिन विदेशी संस्थालाई अनुसन्धान गर्न दिएको विषयमा जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झासहित ६ जनालाई स्पष्टीकरण सोधिएको छ। उनीहरुलाई परिषदले लिखित पत्रमार्फत स्पष्टीकरण सोधेको हो।

डाक्टर तीन हप्तामै फर्किए, कोरोना परीक्षण गर्न किट अभाव

कोरोनाको उपचारमा सहयोग पुर्याउन सरकारले बैतडी पठाएका तीनजना डाक्टर तीन हप्तामै फर्किएका छन् । संघीय सरकारले ३३ जना चिकित्सकलाई सुदूरपश्चिममा खटाएसँगै वैशाख ७ गते बैतडी पुगेका डाक्टर मंगलबार फर्किका हुन् । बैतडी खटाइएका डा. विकास शहनी, डा. विहन्त शाह र डा. प्रकाश दर्जी तीन हप्तापछि फर्किएको जिल्ला अस्पताले जनाएको छ ।

डाक्टर कुटपिट प्रकरण : मेट्रो तानिए महाराजगञ्जका डिएसपी लम्साल

महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साल महानगरीय प्रहरी कार्यालय रानीपोखरी मेट्रो तानिएका छन्। उनलाई महानगरीय प्रहरी कार्यालयमा तानिएको एसएसपी श्यामलाल ज्ञवालीले विज्ञप्तिमार्फत् जानकारी गराएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्