४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

प्रमुख डाक्टरसहित ७ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि भरतपुर अस्पताल चिन्तित

चितवनको भरतपुर अस्पतालले आफ्ना प्रमुख डाक्टरसहित सात स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको जानकारी दिँदै गहिरो चिन्ता प्रकट गरेको छ ।  

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले आइतबार दिउँसो अस्पतालको फेसबुक पेजमार्फत प्रेस विज्ञप्ति जारी गर्दै  प्रमुख मेडिकल सुपरिटेन्डेन्टसहित ५ चिकित्सक र दुई जना नर्समा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

 

यो पनि पढ्नुहोस्

भरतपुर अस्पतालका प्रमुखसहित २८ जनामा कोरोना संक्रमण

 

 ‘अस्पताल परिवार ज्यादै चिन्तित भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘हामी हाम्रा अभिभावक प्रमुम मेसुसहित चिकित्सक, स्वास्थ्यकर्मीलगायत उपचारमा रहेको सम्पूर्ण बिरामीहरूको अस्पताल परिवारका तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।’

साथै सुरक्षित तवरले अस्पतालका सेवा निरन्तर सञ्चालन हुने जानकारी पनि विज्ञप्तिमा गराइएको छ ।    

प्रकाशित: ३२ श्रावण २०७७ १०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App