सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ। पूर्व-पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गतको लालबन्दी नगरपालिका-६ स्थित मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको ज्यान गएको हाे।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार लालबन्दीबाट परवानिपुरतर्फ जाँदै गरेको बा ९४ प ९२३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी ५० वर्षीय पुरुषको ज्यान गएको हो। मृतकको सनाखत हुन सकेको छैन। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक लालबन्दी नगरपालिका–१६ का २१ वर्षीय विनोदकुमार श्रेष्ठ र पछाडि सवार ईश्वरपुर नगरपालिका-१२ का २७ वर्षीय निरज लामा घाइते भएका छन्। घाइते दुवैलाई लालबन्दीमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि काठमाडौँ लागिएको सर्लाही प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: ५ पुस २०८१ १०:१७ शुक्रबार