नेपाली राष्ट्रिय पुरुष क्रीकेट टोली श्रीलंका 'ए' सँग दोस्रो अभ्यास खेलमा ७३ रनले पराजित भएको छ।
बिहीबार श्रीलंका 'ए' ले दिएको २२३ रनको लक्ष्य पछ्याएको नेपाल १८ औँ ओभरमा १४९ रनमा अलआउट भयो । नेपालका लागि करण केसीले सर्वाधिक ४१ रन बनाए। उनले २६ बलको सामना गरेका थिए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको श्रींलकाले ५ विकेट गुमाएर २२२ रन बनाएको थियाे। श्रीलंकाको लागि कप्तान लाहिरु उदारले ९३ रन जोडे ।
नेपालको लागि कुशल्ल भुर्तेलले २ विकेट लिए।
नेपाल यसअघि पनि श्रीलंकमा 'ए' सँग पराजित भएको थियो।
प्रकाशित: ८ माघ २०८२ १४:४३ बिहीबार





