१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

एउटै वडाका पाँच जनाले निकाले सशस्त्र प्रहरी बलको जवानमा नाम

वडाले गर्यो सम्मान

कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १० का पाँच जना युवाले एकै पटक सशस्त्र प्रहरी जवानमा नाम निकालेका छन्।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव श्रोत विभागले लिएको सबै परीक्षमा उनीहरू उत्तीर्ण भएका हुन्। दिलिप केवट खुला र उमेश पासी, कृष्ण केवट मनिष केवट अरुण केवट मधेसी कोटामा पास भएका हुन्। पास भएका उनीहरू नै तरकारी उत्पादनमा नमुना बनेको धनकौली गाउँका कृषक छोराहरू हुन्। परीक्षाका लागि उनीहरूले शारीरिक, शैक्षिक लगायतको तयारी गरी परीक्षा दिएका थिए।

सशस्त्र प्रहरी बलको जवान पदमा नाम निकालेका पाँच जनालाई वडा कार्यालयले सम्मान गरेको छ। वडाध्यक्ष संदीपकुमार पाण्डेयले सम्मान पत्र र खादा ओढाएर उनीहरूलाई सम्मान गरेका छन्। पाण्डेयले युवाहरूले एकै पटक नाम निकालेर वडा र धनकौली कै नाम उँचो राखेको बताए। उनले कृषकहरूका छोराहरूले लामो समयदेखि गरेको मिहिनेतले फल पाएको बताए।

यसअघि पनि सोही वडाका ६० बढी युवाहरू नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी तथा वन रक्षकमा समेत नाम निकालेर कार्यक्षेत्रमा खटिएको पाण्डेयले बताए। सशस्त्र प्रहरीको जवानमा खुलातर्फ पास भएका अरुण केवटले आफूहरूले गरेको मिहिनेत तथा आमाबुवाको आशीर्वादले सफल भएको भनाइ राखे। धनकौली गाउँमा अग्रज दाइहरूको प्रेरणाले आफूहरू यो क्षेत्रमा लाग्न अग्रसर भएको बताए।

उनले देशको सेवामा आफूहरू अनुशासित भए सार्पित हुने बताए। गाउँका अगुवा तथा शिक्षक दयाशंकर केवटले धनकौलीमा नेपाल र सशस्त्र प्रहरी, सेना ताथ वन रक्षक बन्न लहर नै चलेको बताए। उनले युवायुवतीहरूले यसका लागि धेरै मिहिनेत गर्ने गरेको बताए।

प्रकाशित: २९ माघ २०८२ २१:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App