जगदम्बा समूहका अध्यक्ष शंकर अग्रवाल पक्राउ परेका छन्।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न अग्रवाललाई पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेदेखि बयान लिएको थियो। उनलाई अहिले राति नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।
प्रकाशित: २० चैत्र २०८२ २२:५७ शुक्रबार





