डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने 'हिरासतमा रहेको फोटो' आफूले खिचेको दाबी गरेका छन्।
बुधबार रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले हिरासतमा रहेका लामिछाने 'सुतिरहेको फोटो' फेसबुकमा राखेपछि अहिले भाइरल भइरहेको छ।
फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि भुसालले उक्त तस्बिर आफूले खिचेको बताएका हुन्।
'यो फोटो रियल हो, मैले नै खिचेको हो । गल्ती भएको हो, माफी चाहन्छु । मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन, भ्रममा नपर्न अनुरोध । म स्वस्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ,' उनले फेसबुकमा भनेका छन् ।
प्रकाशित: ४ पुस २०८१ १२:१३ बिहीबार