४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

डाक्टर कुटपिट प्रकरण : मेट्रो तानिए महाराजगञ्जका डिएसपी लम्साल

काठमाडौं – महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी उमेश लम्साल प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) तानिएका छन्। उनलाई महानगरीय प्रहरी कार्यालयमा तानिएको एसएसपी श्यामलाल ज्ञवालीले विज्ञप्तिमार्फत् जानकारी गराएका हुन्।  

बुधबार साँझ ड्युटी सकेर घर फर्किंने क्रममा महानगरीय प्रहरी वृत्त महाजगञ्जका प्रहरीले त्रिभुवन शिक्षण अस्पतालका डा. शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डा. विकास साहमाथि कुटपिट गरेको समचार आएपछि डीएसपी लम्साल विवादमा तानिएका थिए। 

 महानगरीय प्रहरी कार्यायलले उनीमाथि छानविन गर्न रानीपोखरीका एसएसपी किरण बज्रचार्याको नेतृत्वामा अपराध महाशाखाका एसपी मुकेश सिंह र काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीसहित तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।

सोही समितिको छानविनका आधारमा डीएसपी लम्सालको कमजोरी देखिएपछि उनलाई बिहीबार मेट्रो तानिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार वृत्तको डीएसपी तानिएसंगै उनको ठाउँमा नयाँ डीएसपी खटाउने तयारी छ।

प्रकाशित: ४ वैशाख २०७७ ०९:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App