१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

एमालेले पत्र नबुझेपछि महानगरले भन्यो- सूचना टाँसेर अगाडि बढ्छौँ

काठमाडौं महानगरपालिकाले नेकपा (एमाले) ले जरिबानासँग सम्बन्धित पत्र नबुझेर फरक नपर्ने प्रतिक्रिया दिएको छ।

एमाले पार्टी कार्यालयमा पत्र टाँस गरेर अगाडि बढ्ने महानगरको तयारी छ । महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले भने, "पत्र नबुझेर फरक पर्दैन, सूचना/पत्र टाँस गरेर अगाडि बढ्छौँ ।"

यो पनि पढ्नुहोस्

जरिवाना पत्र बोकेर नगर प्रहरी एमाले कार्यालयमा, गलत ठाउँमा आएको भन्दै फर्काइयो

यसअघि महानगर प्रहरी बल जरिबानासँग सम्बन्धित पत्र लिएर एमाले पार्टी कार्यालय च्यासल पुगेको थियो । प्रहरी बलका इन्स्पेक्टर किशोर भट्टराईको नेतृत्वमा पार्टी कार्यालय पुगेको टोली पत्र नबुझाइ फर्किएको छ।

एमाले नेताहरूले जागरण सभाको आयोजक आफूहरू नभएको प्रतिक्रिया दिँदै पत्र बुझ्न नमानेको इन्स्पेक्टर भट्टराईले बताए ।

यो पनि पढ्नुहोस्

काठमाडौं महानगरको जरिवाना एमालेले नतिर्ने

गत ७ गते एमालेले काठमाडौंको दरबामार्गमा जागरणसभा आयोजना गरेको थियो । उक्त सभाका क्रममा फोहोरमैला र प्रदूषण गरेको भन्दै महानगरले एक लाख जरिबाना गरेको थियो ।

एमालेले भने उक्त जरिबाना नतिर्ने जिकिर गर्दै आएको छ। महानगरले भने कानूनत: अगाडि बढ्ने बताएको छ ।

यो पनि पढ्नुहोस्

एमालेलाई बालेनको एक लाख जरिबाना

प्रकाशित: ९ मंसिर २०८१ १७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App