४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

संकटका सारथी डा. निरेश थापा

डा. निरेश थापा

६ वर्षअघि डा. निरेश थापा कर्णालीमा आइपुगे। जतिबेला कर्णालीमा डाक्टरको अभाव थियो। सरकारी दरबन्दीमा रहेका डक्टर आउदैनथ्ये। कर्णालीका अस्पताल अनमी अहेवको भरमा चलिरहेको थियोे। कर्णाली स्वास्थ्य प्रतिष्ठान बामे सर्दै थियो। कर्णालीबासीले आफ्नो आँगनमा सेतो पोशाक लगाएका डक्टर देख्न थालेका थिए। कार्यालय सहयोगीको भरमा उपचार गराउन बाध्य कर्णालीबासी डक्टर पाउँदा निकै दंग थिए।  

डा. निरेश थापा आउनुअघि कर्णाली अस्पतालको मेडिकल निर्देशकमा डा. विकल्प पोखरेल थिए। निकै हँसिलो मुहार भएका विकल्प बिरामीलाई सान्त्वना दिएरै सन्तोष बनाउँथे। तर २०७० फागुन ४ मा जुम्ला आउँदै गर्दा नेपाल एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भयोे। त्यसपछि कर्णाली अस्पतालमा डक्टरको अभाव भयो। न कोहि डक्टर आउन माने, न त आएकाले लामो समय काम गरे।  तत्कालिन उपकुलपति डा. पारशकुमार आचार्यले मिसन अस्पतालमा ओखलढुंगामा कार्यरत डा. थापालाई दुई महिना काम गर्ने सहमतिमा जुम्ला ल्याए। डा. थापाले पहिलो दुई महिनामै कर्णालीबासीको अपार माया बटुले। फलस्वरुप अहिले डा. थापा कर्णालीबासीको प्रेरणा बन्दै गइरहेका छन्।  

डा. निरेशलाई त्यो बेला दुई  प्रकारको चुनौति थियो। पहिलो घरमा आफ्नो श्रीमति सुत्केरी हुदै थिइन्। दोस्रो दुर्गममा बसेर यहाँका बिरामी छाडेर जान सकिने अवस्था थिएन। दुई महिनाको आफ्नो काम सकेर घर फर्कन लाग्दा यहाँका महिलाले विमानस्थलबाटै गर्भवतीको अप्रेशन गरिदिन भन्दै फर्काएको स्मरणमा ताजै छ।  उनी विमानस्थलबाट फर्कन समेत बाध्य भए। दुई तीन दिन अस्पतालमा बसेर गर्भवती महिलाको उपचार सकाएर घर फर्कनु परेको उनी बताउँछन्।

डा. निरेश थापा 

पहिले डक्टर नभेटिने अवस्थामा उनी कर्णालीबासीको स्वास्थ्य उपचार गरिरहेका थिए। अहिले डा. निरेश कोभिड १९ को संकटपूर्ण घडिमा कर्णालीबासीको सारथि बनिरहेका छन्।  मेडिकल निर्देशक बाट उनी अहिले शिक्षाध्यक्ष भएका छन्। यो पद उपकुलपतिभन्दा तलको पद हो। कुलपति प्रधानमन्त्री, सहकुलपति स्वास्थ्यमन्त्री, त्यसपछि उपकुलपति हुदै शिक्षाध्यक्ष हुदै प्रतिष्ठानमा पदाधीकारी नियुक्त गरिने प्राबधान छ।  

उनले आफ्नो एकेडेमिक क्षेत्र हेरेर बसे मात्र हुन्थ्यो। तर अहिले कोराना भाइरसको पिसिआर परीक्षणको नेतृत्वमा छन्। उनले भने,‘ यो संकटमा जनताको सेवामा खटिनु एक चिकित्सकको धर्म हो। धर्म निर्वाह गर्न अहोरात्र खटिरहेका छौँ। ’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिन ल्याएर परिक्षण गर्छौँ भनिरहँदा काठमाण्डौ, सुर्खेत, नेपालगंजमा हाँसो चलिरहन्थ्यो। जुम्लामा पिसिआर संभव छ  भन्दै गिज्याउँथे। उनीहरुको त्यो हेपाहपूर्ण अभिव्यक्तिले मनमा घोच्यो। जुम्लामा पिसिआर मेसिन ल्याएर कोराना परीक्षण गर्ने टुंगोमा प्रतिष्ठान पदाधीकारी टोली पुग्यो।  

पिसिआर मेसिन खरिद गरेर जुम्ला ल्याउने टुंगो लागिसकेपछि सञ्चालन कसरी गर्ने भन्ने बिषयमा कर्णाली प्रतिष्ठानलाई सायद निकै चुनौति हुन सक्थ्यो। तर डा. निरेश आफै पिसिआर मेसिनमा काम गरिसकेकोले कुनै कठिनाइँ आउन सकेन्। डा. निरेशले विद्यावारीधि गर्दा चीनमा पिसिआर मेसिनमा काम गरिसकेका थिए ।  विधावारिधी गर्दा विकसित देशमा पिसिआर एकदम वेसिक कुरा हो।

यो अध्ययन नगरिकन विद्यावारिधी हासिल गर्न सकिदैन्। त्यही भएर उनलाई जुम्लामा पिसिआर मेसिन सञ्चालनमा ल्याउन सक्छु भन्ने हिम्मत थियो। चीनमा पढ्दा परीक्षण गरेर आएको चिज हो,जुम्लामा परीक्षण  गर्न सकिन्छ भन्ने थियो। तर जुम्ला बाहिरका मान्छेमा के के नहो भन्ने भयो। अहिले जुम्लामा पनि पिसिआर परीक्षण भइरहेको छ भन्ने प्रमाणित उनको नेतृत्वको टोलीले गरिसकेको छ।  

महिलाको पाठ्यघरको मुखको क्यान्सर एचपिभि भाइरसले गर्छ। डा. थापाले जुम्लाका एक हजार महिलाको स्याम्पल लिएर परीक्षण गरिसकेका थिए। पिसिआर गर्ने विधि पनि उही नै थियो। त्यो संगै डा. थापाको साथमा कोरियाबाट विद्यावारिधी गरेका प्रोफेसर डा. विजय अर्याल पनि छन्। उनले पनि विद्यावारिधी गर्दा यो मेसिन चलाइसकेका थिए। कर्णाली अस्पतालका ल्यावको जनशक्तिमा सैदान्तिक ज्ञान थियो। अहिले व्यवहारिक ज्ञान हासिल भइसकेको छ।  

सबैभन्दा जोखिम पिसिआर गर्ने बेला हुन्छ। प्रत्यक्ष भाइरससंग खेल्छौँ। आरएन एट्रेक्सन गछौँ। उतिबेला नै  सबैभन्दा जोखिम हुन्छ।  डा. थापाले भने,‘ आफु जोखिम मोलेर भएपनि कर्णालीबासीको स्वास्थ्य सुरक्षामा अहोरात्र खटिन पाउँदा उत्साहित छौँ। ’ एकै दिनमा जुम्लाका सबै स्थानीय तहको ८ सय ४९ जनाको स्वाब संकलन गरेर परिक्षण गरियो। अहिलेसम्म सबैभन्दा बढी एकै दिनमा परीक्षण भएको जुम्ला नै बन्यो।  

काममा खटिदा न भोक छ नत निद्रा लाग्छ। ब्यक्तिगत रुपमा डर लाग्दैन्। जब डाक्टर बन्छौ भनेर सोच्यौँै। त्यतिबेला देखि नै जोखिमसंग खेलिरहेका छौँ। कोराना जस्तो खतरा हेपाटाइटस बी, एचआइभी एडस जस्ता सरुवा रोग छन्। सबैलाइ पचाउदै आएका छौँ। पूर्ण रुपमा पिपिइ लगाउँछौँ। काम गर्दा जोखिम छ ,। तर डर लागेर घरमै बस्ने खालको त्रास छैन्। जुधिरहेका छौँ। यो हाम्रो दायित्व हो’,डा. थापाले अनुभव सुनाए।  

शुरुमा इख पनि भयो। गर्न सक्दैनन् भन्दै कर्णालीलाइ हेप्न थाले। कर्णालीमै परीक्षण गरेर उदाहरण बन्न सक्छौँ, भन्ने अठोटले सफलताको चुलिमा पुग्न मद्धत पुग्यो।  

कोराना सम्बन्धिका बैज्ञानिक खोज पढ्यौँ। धेरै प्रकारका अनुसनधान पढ्न थाल्यौँ। स्रोत कम हुने ठाउँमा पुलिंग टेस्न गर्न सकिने बारेमा जानकारी लियोँ।  डा. थापा भन्छन्, ‘यहाँका सबै मान्छे पोेजेटिभ छैनन्। पाँच देखि १० जनाको स्वाब एकै ठाउँमा राख्छौँ। एक सय जनालाइ परीक्षण गर्ने किटले हजार जनाको स्वाब परीक्षण गर्छौँ। एकै दिनमा नौ सय जनाको स्वाब परिक्षण देखाइसकेका छौँ।  कोरानाबाट कर्णाली बचाउने प्रयास गदैछौँ। जसका लागि टिम निकै भरपर्दो छ।  

अत्यन्तै चुनौती बीच घरमा पुगेर घर सल्लाह गरेर कर्णालीमा डक्टरी काम गर्ने निधो गरेर आएका डा. निरेश अहिले कर्णालीबासीको आखाँको नानी बन्न सफल छन्। दुई महिनाको डक्टरी काम सकेर घर फर्किएपछि  मेडिकल डाइरेक्टर भएर काम गर्न थालेका थापा अहिले कर्णालीका लोकप्रिय डक्टर हुन्। जुम्लामा काम गर्दा मात्रै डक्टरी पढेको अर्थ हुने देखेका उनी कर्णालीबासीको जीवनदाता जस्तै छन्।

कर्णालीमा डक्टरी गर्दा घरमा श्रीमतिको स्याहार सुसार समेत राम्रो गर्न पाएनन्।   यहाँका महिलाको समस्या सबै देख्दा खेरि कर्णालीमा काम गर्न इच्छा जाग्यो। तीन बर्षपछि चीनमा विधावारिधीको लागि गए।, गाइनोक्लोजिकल क्यान्सर महिलाको क्यान्सर सम्बन्धि पिएचडी गर्न गएका थिए। यहाँको समस्या देखेको भनेको महिलाको मुखको पाठ्यघरको क्यान्सर थियो।  जुम्लामै खोज अनुसन्धान गरेर कयैन आर्टिकल जर्नलममा छापिसकेका छन्।  

पिएचडी सकाएर आइसकेपछि पुस १० गतेदेखि शिक्षाध्यक्षको भूमिकामा छन्।  डाक्टरी मेरो पेशा हो। बिरामी जाँच गर्नु पर्छ । बिरामीको सेवा गर्नुपर्छ। विरामीको चेक गर्ने र चिरफार गर्न मै मजा आउँछ। उनले भने,‘ अहिले बिरामीको उपचार र शिक्षाध्यक्षको कामलाई आधाआधा गरेर पुरा गर्दैछु।  

स्वास्थ्य शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धान प्रतिष्ठानको मुलमन्त्र हुन्।  अनुसन्धन र सेवालाई अघि बढाउन कम्मर कसेर लागेका छन्।  शिक्षाध्यक्ष भइसकेपछि एकेडेमिक ब्लक शुरु गर्ने,एमडिएमएस सञ्चालन गर्ने,मिडवाइफ्रि विएन् चलाउने,बि फार्मा सञ्चालन गर्दै  र एमबीबीएस सञ्चालन गर्न ठोस कदम चाल्ने योजना बनाइसकेका छन्। जसका लागि प्रतिष्ठान परिवारले निकै साथ दिदै आइराखेको छ।  

स्वास्थ्य सेवालाइ प्रभावकारी बनाउन डक्टरी पेशा छोड्दैन्। कार्यकालपछि पनि डक्टरी पेसा गर्न निरन्तर रुपमा गर्न सकुँ। कर्णाली प्रतिष्ठानमा अहिले विभिन्न २५ वटामा अनुसन्धान भइरहेको छ।  अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका कुशल अभिभावक र प्रेरणाका स्रोत बनेको स्वास्थ्यकर्मीहरु बताउँछन्।  

स्वास्थ्यकर्मीलाइ उत्साह दिदै उपचार विधिका बारेमा सबैलाई सहजीकरण गर्न सक्ने भएकोले कर्णाली प्रतिष्ठानका निकै सजिला र भरपर्दा डक्टरको रुपमा उनी परिचित छन्।

प्रकाशित: ५ जेष्ठ २०७७ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App