४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जहाँ बिरामी खोज्दै गाउँ पुग्छन् डाक्टर

अन्यत्र अस्पतालहरुमा कोरोना त्रासले डाक्टरहरुले बिरामी नहेरेको वा बिरामीप्रति राम्रो ब्यबहार नगरेको गुनासो आइरहदा रोल्पा अस्पतालमा भने चिकित्सकहरुले कोरानासंग मिल्दो लक्षण देखिएमा तुरुन्त अस्पताल आउन सुझाइरहेका छन्। अस्पताल आउने कुनै पनि बिरामीको डाक्टरसंग सहज पहुच हुने गरेको छ।

मिस इङल्याण्डको ताज निकाल्दै कोरोना विरामीको उपचारमा फर्किइन मुखर्जी

कोरोना भाइरसको संक्रमण बढेपछि मिस इङल्याण्ड आफ्नो पुरानो पेशामा फर्किएकी छन्। भारतीय मुलकी भाषा मुखर्जीले आफ्नो क्राउन निकाल्दै विरामीको उपचारको लागि अस्पताल जाने निर्णय गरेकी हुन्। उनी चिकित्सक हुन्।

बिना जानकारी बिदामा बस्ने ५ डाक्टरलाई कारबाही

कोरोना संक्रमण रोकथाममा खटीनु पर्ने बेला डिउटीमै नजाने पाँच जना डाक्टरलाई प्रदेश सरकारले कारबाही गरेको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच जना डाक्टरलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले बर्खास्त गरेको हो।

क्वारेन्टाइनमा एमबिबिएस डाक्टर र वाईफाई सुविधा

अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले सबै क्वारेन्टाइन र आईसोलेशन स्थलहरुमा एमबिबिएस डाक्टरहरुको सुविधा दिएको छ। स्थानीयतहहरुले मापदण्ड बिनै क्वारेन्टाइन कक्ष निर्माण गरेको आरोप लागिरहेका बेला छत्रदेवले डाक्टरसहितको क्वारेन्टाइन कक्ष निर्माण गरेको हो।

डाक्टरमाथि हातपात, सेवा ठप्प

भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा डाक्टरमाथि हातपात भएपछि आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ।

मेडिकल अनुमति नभएका चिकित्सक पक्राउ

अर्कैको एनएमसी नम्बर प्रयोग गरेर वीरेन्द्रनगरमा शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स अस्पताल सञ्चालन गर्दै आएका डाक्टर दीपेन्द्र काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो।

प्रश्नपत्र बाहिरिएको आरोप पछि पोखरामा पिजी प्रवेश परीक्षा रद्ध

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्नातकोत्तर मास्टर इन डक्टरेड र मास्टर इन सर्जरीको लागि लिएको परीक्षा रद्ध गरेको छ। प्रतिष्ठानले शनिबार परीक्षा लिएको थियो।

कोरोना भाइरसको सूचना दिने डाक्टरको निधन

चीनमा कोरोना भाइरसको संक्रमणको बारेमा चेतावनी दिने एक चिनीयाँ डाक्टर वेनलियांगको बिहीबार यसै भाइरसका कारण मृत्यु भएको छ।

कोरोना संक्रमितको उपचारमा संलग्न डाक्टरको मृत्यु, ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

चीनमा कोरोना भाइरस संक्रमितको उपचार संलग्न एक डाक्टरको निधन भएको छ। चिनियाँ सञ्चार माध्यम सिजिटिएनकाअनुसार ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो।

गाउँका डाक्टर !

केहि महिना अगाडि स्टेचरमा बोकेर स्वास्थ्य चौकी ल्याउँदै गरेकी १८ वर्षिया पुष्पा पुनले बाटैमा छोरो जन्माइन्। घरभन्दा पर गोठमा गएकी उनलाई ब्यथा लागेपछि हेल्थ पोष्ट ल्याउँदै गर्दा रातिमा स्टेचरमै छोरो जन्मियो।

करार डाक्टरले धानेको जिल्ला अस्पताल

जिल्ला अस्पतालमा दरबन्दीका चिकित्सक नहुँदा करार दरबन्दीमा कार्यरत डाक्टरले धानेका छन्। नवौं तहका एकजना र आठौं तहका दुई डाक्टरको दरबन्दी रहेको जिल्ला अस्पताल अहिले करारका डाक्टरको भरमा सञ्चालन भइरहेको हो।

डाक्टर नहुँदा सेवा अवरुद्ध

रुपन्देही जिल्ला अस्पताल (भीम अस्पताल) मा दरबन्दी भए पनि महिनौंदेखि डाक्टर उपस्थित नहुँदा स्वास्थ्य सेवा प्रभावित बनेको छ।

यसरी बनेँ म डाक्टर

एसएलसी पास भए पछि के पढ्ने भन्ने भयो । साइन्स पढ्दा वेश हुन्छ, राम्रो गर्‍यो भने विदेश जान सकिन्छ भन्ने कुरा आयो । तर मलाई डाक्टर इन्जिनियर पढ्ने सोच थिएन । आइएस्सी पढे पछि केही नभए शिक्षक हुन पाइन्थ्यो ।

चिकित्सकविहीन रोल्पाको होलेरी, समस्यामा बिरामी

पश्चिम रोल्पाकै एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा लामो समयदेखि चिकित्सक नहुँदा बिरामी समस्यामा परेका छन्। गाउँमा सरकार आएको भन्दै गर्दा मौलिक हकका रुपमा लिइएको स्वास्थ्य नै अस्तब्यस्त हुँदासम्म पनि राज्यको आँखा पुगेको छैन।

बलात्कार गरेको आरोपमा डाक्टर पक्राउ

रौतहटमा महिलालाई जवरजस्ती बलात्कार गरेको आरोपमा एक डाक्टरलाई प्रहरीले पक्राउ गरेका छन्। जिल्लाको यमुनामाई गाउँपालीकाको सरुअठा हेल्थ पोस्टका इन्चार्य ४५ बर्षिय सुधिर कुमार सिंहलाई बलात्कार आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्