coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

चिकित्सकविहीन रोल्पाको होलेरी, समस्यामा बिरामी

होलेरी प्राथमिक स्वास्थ्य केन्द्र रोल्पा । फोटो: दिनेश/नागरिक

रोल्पा - पश्चिम रोल्पाकै एकमात्र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा लामो समयदेखि चिकित्सक नहुँदा बिरामी समस्यामा परेका छन्। गाउँमा सरकार आएको भन्दै गर्दा मौलिक हकका रुपमा लिइएको स्वास्थ्य नै अस्तब्यस्त हुँदासम्म पनि राज्यको आँखा पुगेको छैन। समायोजन भएका कारण यहाँ कार्यरत डा. आकाश बेलवासे जिल्ला छोडेर गएपछि दुई महिना यता होलेरी डाक्टरविहिन बनेको हो।

स्वास्थ्य संस्थामा डाक्टर नभएपछि बिरामीहरु गतिलो उपचारको खोजीमा दाङ झर्ने गरेका छन्। ‘डाक्टर नहुँदा सेवामा समस्या भएको छ। यहाँ स्टाफ नर्स पनि छैनन्। ३ अनमी र ३ अहेवको भरमा संस्था चलिरहेको छ।’ होलेरी प्राथमिक स्वास्थ्य केन्द्रका अहेब बुद्धिजिवी सेजवालले भने ‘अहिले पनि दैनिक करिब ४०÷४५ जना बिरामी आउँछन्। कतिपय केसहरु दाङ रिफर गर्छौ।’ कतिपय बिरामी त डाक्टर छैनन् भन्ने सुनेकाले सुरुमै दाङ जाने गरेका छन्। अहिले यो क्षेत्रका बिरामी त सकसमा छन् नै बिभिन्न कारण र घटनाले हुने अस्वभाविक मृत्युका लागि गर्नुपर्ने पाष्टमार्टमका लागि कि त सदरमुकाम वा दाङसम्म पुग्नु पर्ने बाध्यता छ।


डाक्टर नभएपछि बिरामी सकसमा परेका हुन्। सेजवाल भन्छन ‘यो क्षेत्रका बिरामीलाई उपचार लिन आर्थिक भार पर्ने गरेको छ। यहाँ पोष्टमार्टम पनि हुँदैन। भिडियो एक्सरे पनि बन्द भएको छ।’ त्यसो त यहाँ एक्सरे गर्ने कर्मचारी नहुँदा सादा एक्सरे सेवा पनि रोकिएको छ। पश्चिम रोल्पाको ठूलो भुभागका जनताले सेवा लिइरहेको सरकारी सस्थामा चिकित्सक नहुँदा स्थानीयले समस्या झेलिरहेको भए पनि सरोकारवालाले चासो दिएका छैनन्।

‘डाक्टर नहुदा समस्या सुरु भएको छ। मन्त्रालय तिर कुरो गरेको छु। प्रदेश र संघ तिर अनुरोध गरेको छु।’ रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढाले भने ‘स्थानीय सरकारले डाक्टर नियुक्ति गर्न सक्दैन माथिबाट छिटो पठाइदिए हुन्थ्यो।’ स्थानीयहरुका अनुसार यहाँ डाक्टर नहुदा बिरामीले सेवा नपाउनु त छदै छ स्वास्थ्य सस्था पनि लथालिङ्ग बन्दै गएको छ।

‘समायोजन भएर डाक्टर गएपछि रिक्त छ। उहाँको ठाउँमा आउने भनेका डाक्टर पनि एमडी पढ्न हिड्नु भएको छ।’ रुन्टीगढी गाउँपालिका स्वास्थ्य संयोजक गणेश बुढाले भने ‘पढ्न जानुभएका डाक्टरको दरबन्दी अन्यत्र सारेर नयाँ ल्याउनु पर्ने हो। छात्रबृत्तिमा पढेर अनिवार्य दुर्गम सेवामा पठाउनु पर्ने चिकित्सक समेत पठाउन सकिन्छ।’ त्यसो त जिल्लाका होलेरी लगायतका विभिन्न स्थानमा निजी क्लिनिक संचालन गरिरहेका औषधि ब्यबसायीहरुले डाक्टर नआओस भनेर चलखेल पनि गर्ने गरेको आरोप लाग्ने गरेको छ।

 

प्रकाशित: २६ मंसिर २०७६ ०७:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App