कर्णालीवासीका दिल भित्रका डाक्टर
चार वर्षअघि जुम्ला हिमा गाउँपालिका ७ का जनक शाही पेट दुखेको भन्दै अस्पताल पुगे। उनी निकै रन्थनीएका थिए। होस थिएन। दुखाइले निकै च्यापेको थियो। बाँच्ने आशासम्म थिएन उनलाई। निकै कराउथेँ। उनको अवस्था हेर्दा सबैले आश मारिसकेका थिए। अब उनी बाँच्दैनन्। तर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डाक्टर निरेश थापाले बचाए।