४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मेडिसिटीका डाक्टर बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

काठमाडौं– बलात्कारको आरोपमा नख्खुस्थित मेडिसिटी हस्पिटलका डाक्टर रोहित कुमार झालाई ललितपुर प्रहरीले सोमबार प्रक्राउ गरेको छ। उपचारको लागि आएकी एक विरामी महिलालाई आइतबार चेकजाच गर्ने क्रममा उनले भित्र कोठामा बोलाएर बलात्कार प्रयास गरेको पीडितले दिएको जाहेरीमा उल्लेख छ।

प्रहरीका अनुसार चुकुल लगाएर बलात्कार प्रयास गरेको पीडित महिलाले दिएको जाहेरीमा उल्लेख छ। जाहेरीमा उल्लेख भएअनुसार डाक्टरले महिलालाई जाच्ने क्रममा विस्तारै गोप्य अंगमा हात लगेका थिए। त्यसपछि बलात्कार गर्न खोजेपछि महिला कराउन थालेकी थिइन्। 

झालाई अहिले ललितपुर प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर जावलाखेलका डिएसपी सन्तोष तामाङले जानकारी दिए। उनका अनुसार डाक्टरमाथि जवर्रजस्ती करणी मुद्धा उद्योग अन्र्तगत अनुसन्धान सुरु भएको छ। ‘यदी झाको ठाउँमा महिला डाक्टर हुन्थे भने यस्तो घट्ना हुने थिएन,’ उनले भने, ‘यसमा अस्पतालको पनि केही कमजोरी छ।’

प्रकाशित: ९ मंसिर २०७६ १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App