३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

इन्द्रजात्रामा बालेनको फोटो अंकित टिसर्ट लगाएकाहरू प्रहरी नियन्त्रणमा

इन्द्रजात्राको अवसरमा मेयर बालेन साहको फोटो भएको टिसर्ट लगाएर वसन्तपुर पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार इन्द्रजात्राको अवसरमा  काठमाडौं महानगरपालिकाका मेयर साहको फोटो भएको टिसर्ट लगाएर वसन्तपुर पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

स्थानीय बासिन्दासँग विवाद भएपछि उनीहरूलाई बसन्तपुर दरबारबाट अगाडिबाट हटाएर प्रहरी वृत्त जनसेवामा लगिएको प्रहरीले जनाएको छ।

शाहको फोटो भएको टिसर्ट लगाएकाहरूलाई सुरक्षाका लागि प्रहरी वृत्त जनसेवामा लगिएको छ।

इन्द्रजात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुने कार्यक्रम छ। जात्राका लागि दुई हजार बढी सुरक्षाकर्मीहरू खटिएका छन्।

प्रकाशित: १ आश्विन २०८१ १४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App