१५ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

ओली र लेखकसँगै सिंहदरबार र सर्वोच्च जलाउनेलाई पनि कारबाही होस्: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्क साम्पाङले पूर्व प्रधामन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्ने बताएका छन्।

यसका साथै उनले जेन-जी आन्दोलनका क्रममा राज्यका प्रमुख अंगहरू जलाउने योजना बनाउनेहरूलाई पनि कारबाहीको माग गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत उनले एकपक्षीय कारबाही मात्र पर्याप्त नहुने बताए। उनले २४ गतेको घटनामा संलग्न मुख्य योजनाकारहरूलाई पनि तत्काल कानुनी दायरामा ल्याउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओली र रमेश लेखकलाई कारबाही होस् तर २४ गते सिंहदरबार, सर्वोच्च न्यायालय र संसद् भवन जलाउने योजनाकार र त्यो कृत्य गर्ने अगुवाहरूलाई पनि कारबाही हुनुपर्छ।’

प्रकाशित: १४ चैत्र २०८२ १४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App