४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सेयर कारोबारबाट दुई महिनामै वर्ष दिनको राजश्व उठ्यो : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको दुई महिनामै गत वर्षको वर्ष दिनको भन्दा बढी राजश्व सेयर कारोबारबाट संकलन गरेको दाबी गरेका छन्।

बुधवार नेप्से कार्यालयमा पुगेका  अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षभर सेयर  कारोबारबाट ५ अर्बको हाराहारीमा राजश्व संकलन भएको तर यस वर्षको दुई महिनामै करिब पौने सात अर्ब बराबरको राजश्व संकलन गर्न सरकार सफल भएको दाबी गरेका हुन  ।

 उनले चालु आर्थिक वर्ष ०८१/८२ मा सेयर बजारबाट साउनमा ४ अर्ब २३ करोड र भदौ महिनामा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताए । उनले ३ हजार ४० मा पुगेको नेप्से एकाएक २५ सयमा कसरी झ¥यो भन्दै प्रश्न गरे । उनले आफूले सो कुराको सही जवाफ नपाएसम्म स्वयं र कर्मचारीहरूलाई सोधिरहने बताए । अर्थमन्त्री पौडेलले नेपालको पुँजी बजार र पुँजी बजारको सम्भावना, यसले भोगिरहेका समस्या, समाधानका उपायका विषयमा संस्थागत संरचनाहरू भित्र पनि, सम्बन्धित संस्थाहरूभित्र पनि र सार्वजनिक रुपमा पनि काफी छलफल, बहस हुने गरेको बताए ।

राजनीतिक रूपले अहिले पुँजी बजार नघटेको भन्दै पुँजी बजार बढाउन आवश्यक कदमहरू चाल्न सरकार तयार रहेको उनले बताए ।

उपप्रधानमन्त्री पौडेलले प्रविधिबारे अपडेट हुन टाइम बाउण्ड क्यालेन्डर बनाइ काम गर्न पनि सम्बन्धित सरोकारवाला निकायहरूलाई निर्देशन दिए । उनले जनशक्ति व्यवस्थापनको योजना बनाउन, गुणस्तरीय सेवा प्रवाहमा जोड दिन पनि निर्देशन दिए । नेप्सेले लगानीकर्ताको विश्वास जित्ने, लगानीकर्ताको लगानी सुरक्षित गर्ने र स्वस्थ प्रतिस्पर्धालाई प्रवद्र्धन गर्न  अर्थ मन्त्री पौडेलले जोड दिए । पुँजी बजारका समस्या पहिचान गरी सीघ्र समाधानमा लाग्नुपर्ने बताए । सरकारले पुँजी बजारको दिगो, भरपर्दो विकासका पक्षमा काम गरिरहेको उनले बताए। 

प्रकाशित: २ आश्विन २०८१ १९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App