४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

पश्चिम बङ्गालका चिकित्सकहरूद्वारा आन्दोलन स्थगित

भारतको पश्चिम बङ्गालमा चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। योसँगै पछिल्लो ४१ दिनदेखि आन्दोलनमा रहेका चिकित्सकहरू काममा फर्कने भएका हुन्।

पश्चिम बङ्गालको कोलकोत्तास्थित आरजी कर मेडिकल कलेज एवं शिक्षण अस्पतालमा रेजिडेन्ट चिकित्सकको ड्यूटीको बेला बलात्कार र हत्या भएपछि त्यहाँका चिकित्सकहरू आन्दोलित भएका थिए।

जुनियर चिकित्सकहरूको सङ्गठन वेस्ट बङ्गाल जुनियर डाक्टर्स फ्रन्टले शनिवार सीबीआई कार्यालयसम्म मार्च गर्ने र घटनाको जाँच सक्दो चाँडो पूरा गर्न माग गर्ने बताएको छ।

साथै सङ्गठनले बहिरङ्ग सेवा माग पूरा नभएसम्म बन्द रहने भन्दै आपतकालीन सेवा सुचारु गर्ने बताएका छन्।

घटनामा संलग्न दोषीको पत्ता लगाइ चाडोभन्दा चाडो सजाय दिन, मेडिकल कलेजका पूर्व प्राधानाध्यापक डा.सन्दीप घोषविरुद्ध कडा कारबाही हुनुपर्ने, कोलकोत्ता प्रहरीका कमिश्नर विनित गोयर र स्वास्थ्य सचिव नारायण स्वरुपको राजीनामा, स्वास्थ्यकर्मीका लागि उचित सुरक्षा व्यवस्था र सरकारी स्वास्थ्य संस्थामा चेतावनी दिने प्रवृतिको अन्त्य हुनुपर्ने माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका थिए। यी पाँचमध्ये पश्चिम बङ्गाल सरकारले ३ मागमा सहमति जनाइसकेको छ।

गत अगस्ट ९ मा आरजी कर अस्पतालमा कार्यरत रेजिडेन्ट डाक्टरको अस्पतालमै बलात्कारपछि हत्या भएको थियो।

प्रकाशित: ४ आश्विन २०८१ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App