८ आश्विन २०८१ मंगलबार
image/svg+xml

बैतडीमा कोरोना संक्रमित बढ्दै

बैतडीमा कोरोना संक्रमितो संख्या बढ्न थालेको छ। कोरोना संक्रमितको संख्या १ सय २१ जना पुगेको छ। कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शैक्षिक संस्था धमाधम बन्द हुन थालेका छन्। भने तोकिएका परीक्षसमेत स्थगित गरिएका छन्।

‘महामारी फैलिनुमा आत्मतुष्ट व्यवहार पनि जिम्मेवार’

घरमै बसेर धेरै बिरामीको उपचार हुन सक्ने भए पनि धेरैजना अस्पताल जाँदा स्वास्थ्य सेवा प्रणालीमा अत्यधिक चाप परेको संगठनका प्रवक्ता जासारेभिकले बताए। कोभिड–१९ का बिरामीमध्ये १५ प्रतिशतलाई मात्र अस्पतालमा उपचार आवश्यक पर्ने उल्लेख गर्दै उनले प्रभावकारी स्क्रिनिङ र बिरामीको प्राथमिकीकरणले आवश्यक हेरचाह हुन सक्ने बताए।

उपत्यकामा निषेधाज्ञा: नटेरे ठाउँको ठाउँ कारबाही

अत्यावश्यक सेवासुविधा सञ्चालन हुन दिने गरी सुरु भएको निषेधाज्ञामा नियम उल्लंघन गर्नेमाथि प्रहरीले सडकमै कारबाही गर्नेछ। निषेधाज्ञा लागु भएपछि बिनाकाम सडकमा निस्कने, भीडभाड गराउने, कोरोनाको जोखिम बढाउनेलाई प्रहरीले कारबाही गर्नेछ।

गण्डकी प्रदेश: मतदान छल्न कोरोना बहाना

बुधबार नै प्रदेशसभाको बैठकमार्फत प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावको टुंगो लाग्ने तयारी थियो। अविश्वासको प्रस्तावमाथि छलफल चलिरहँदा शाही सम्पर्कविहीन भएपछि प्रदेशसभामा खैलाबैला मच्चियो। शाही अनुपस्थित हुँदा अश्विास प्रस्ताव फेल हुने सम्भावना थियो।

कोरोनाले मृत्यु हुनेमा निरोगी युवा पनि

नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो। तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका छन्।

कोरोना संकटको व्यवस्थापनमा रौतहटका सम्पूर्ण संयन्त्र सक्रिय : प्रजिअ यादव

कोरोनाको महामारी बढ्दै गइरहेको सन्दर्भमा यसलाई नियन्त्रण तथा व्यवस्थापन गर्न रौतहटको संयुक्त संयन्त्र सक्रिय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी गराएका छन्।

प्रदेश १ मा २ सय ५६ जना संक्रमित थपिए

प्रदेश १ मा बुधबार अढाइ सय जना कोरोना संक्रमित थपिएका छन्। प्रदेश १ को विभिन्न जिल्लामा बुधबार २ सय ५६ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

पाल्पामा वैशाख १७ गतेदेखि २४ सम्म निषेधाज्ञा

कोरोना भाइरसको संक्रमण बढेपछि पाल्पामा निषेधाज्ञा जारी हुने भएको छ। बुधबार बसेको डिसीसीएमसीको बैठकले बैशाख १७ गते राति १२ बजेदेखि बैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो।

सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु

महामारीका रुपमा फैलिएको कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमणका कारण सुर्खेतमा दुईजनाको मृत्यु भएको छ । बुधबार बिहान कर्णाली प्रदेश अस्पताल कालागाउँमा उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना नियन्त्रणमा भारतको मात्र भर नपराैँः माले

नेकपा(माले)ले कोरोना नियन्त्रणका लागि भारतको मात्र भर नपरी अन्य देशसँग पनि सहकार्य गर्न माग गरेको छ।

कोरोना संक्रमितलाई उपचार खर्च धान्नै गाह्रो

कोरोना संक्रमितको उपचार गरिरहेका अस्पताललाई सरकारले बिरामीको संख्या र अवस्था अनुसार निश्चित खर्च तोकेर बजेट दिइरहेको छ।

सहायक प्रजिअलाई कोरोना देखिएपछि अर्घाखाँची प्रशासन बन्द

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालसहितका कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ।

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

विश्वकै सबैभन्दा बढी कोरोनाविरुद्धको खोप उत्पादन हुने छिमेकी राष्ट्र भारतमा कोरोनाको कारण बुधबारसम्म मृत्यु हुनेको सङख्या २ लाख नाघेको छ।

भेरी अस्पतालको कोभिड वार्ड भरियो, घर फर्किदै कोरोना संक्रमित

यहाँ कोरोना संक्रमितको संख्या २ हजार ७१ जना छन् । दोस्रो चरण कोरोना संक्रमितको ८ जनाले ज्यान गुमाईसकेका छन् । कुल मृतकको संख्या मंगलवार सम्म २७ जना पुगेको तथ्यांक छ। बाँके जिल्लामा भयावह स्थिति हेर्दा बर्दियाको स्थिति सामान्य नरहने आम सर्वसाधारणले अनुमान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्