८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कोरोना संक्रमित पुरुषको मृत्यु

बैतडीको दशरथचन्द नगरपालिका–९ का ३५ वर्षीय कोरोना संक्रमितको डडेल्धुरा अस्पतालमा मृत्यु भएको छ। मंगलबार बेलुका साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

दुई जना संक्रमितको विराटनगरमा मृत्यु

मोरङको कटहरी गाउँपालिका र झापाको झापा गाउँपालिकाका कोरोना भाइरस संक्रमितको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको नोबेल शिक्षण अस्पतालले जनाएको छ।

दोस्रो लहरको कोरोनाले अर्थतन्त्र थप जोखिममा’

‘महामारीले विशेष गरी होटल तथा रेस्टुरेन्ट, यातायात, खुद्रा तथा थोक व्यापार, उत्पादन क्षेत्र लगायतमा गम्भीर असर पर्‍यो ,’ उनले भने, ‘तर पछिल्लो समयमा पुनः कोभिड–१९ को संक्रमण दर छिमेकी देश र नेपालमा बढेर जोखिम बढ्दै गएको हुँदा अर्थतन्त्र थप प्रभावित हुने जोखिम कायमै छ।’

निषेधाज्ञा अवधि खेर नफाल्न विज्ञको सुझाव

निषेधाज्ञाको अवधिमा महामारी नियन्त्रणका लागि रणनीति र कार्ययोजना घोषणा गरी अगाडि नबढाए यो अवधि त्यत्तिकै खेर जाने र फेरि जस्ताको तस्तै स्थिति आउन सक्नेमा विज्ञ चिन्तित देखिएका छन्। नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्की कोरोनाको दोस्रो लहर आउँछ भन्ने थाहा हुँदाहुँदै पनि सरकारले आवश्यक तयारी नगरेको बताउँछन्।

भारतबाट आएका कोरोना संक्रमितको अर्घाखाँची अस्पतालमा मृत्यु

अर्घाखाँची अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको ज्यान गएको छ। भारतबाट आएका मालारानी गाउँपालिका–७, बामरुकका ५८ वर्षीय पुरुषको मृत्यु भएको हो।

कोरोना बहानामा सत्ता लम्ब्याउने खेल!

अविश्वास प्रस्ताव पारित हुने देखेपछि सत्तापक्षले कोभिडको बहाना बनाएर गण्डकी प्रदेश सभा बैठक अवरुद्ध गरेको छ । विशेष अधिवेशन अन्तर्गत मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्ताव माथि छलफल भइरहँदा सत्तारुढ नेकपा एमालेका सांसदहरुले मंगलबारको संसद बैठक अवरुद्ध गरेका हुन् ।

गोरखामा एउटै गाउँका २९ जनालाई कोरोना संक्रमण

भिमसेन थापा गाउँपालिका वडा नम्बर ७ क्यामुन्टारमा समुदायमा कोरोना फैलिएको छ। मंगलबार त्यहाँका २९ जनालाई कोरोना पोजेटिभ देखिएको हो। यी मध्ये १४ महिला र १५ पुरुष छन्।

वीरगन्जमा दुई दिनमा ५ जना संक्रमितको मृत्यु

वीरगन्जमामा कोरोना भाइरसबाट संक्रमित ५ जनाको दुई दिनभित्र मृत्यु भएको छ। मृत्यु हुनेमा ४ जना पर्साका र एक जना बाराका छन्।

अक्सिजन हैन सिलिण्डर अभाव

अक्सिजन सप्लायर्सका अनुसार जिल्लामा अक्सिजन अभाव हुन सक्ने भन्दै ब्यक्तिगत रुपमै अक्सिजन घरघरमा लगिएका छन् । उनिहरुले ति अक्सिजन सिलिण्डरहरु फिर्ता गरेका छैनन् ।

प्रदेश १ मा 'मास्क खै ?' अभियान

प्रदेश १ मा कोरोना संक्रमण रोक्न सवारी चालक तथा यात्रुलाई मास्क र सेनिटराइजरको प्रयोगबारे सचेतना अभियान सुरू भएको छ।

ऊर्जामन्त्री रायमाझीलाई कोरोना सङ्क्रमण

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र सचिवालयमा काम गर्नेको स्वाब परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको थियो।

दाङमा १७ गतेदेखि लकडाउन

दाङमा आगामी १७ गतेदेखि लकडाउन गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको सर्वपक्षीय बैठकले आगामी १७ देखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना संक्रमण उच्च रुपमा फैलिँदै गएपछि लकडाउन गर्ने निर्णय गरिएको हो ।

नेपालगन्ज मेडिकल कलेजमा थप चार संक्रमितको मृत्यु

तीव्र रुपमा बढेको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ। यसैक्रममा नेपालगन्ज मेडिकल कलेजमा थप चार जना संक्रमितको मृत्यु भएको छ।

भारतमा एकैदिन तीन लाख २३ हजार भन्दा बढीमा कोरोना पुष्टि

एकै दिन तीन लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो छठौं दिन भएको बताइएको छ। कोरोना महामारी सुरु भएयता विश्वमा भएका सङ्क्रमणको तुलनामा यो ठूलो सङ्ख्या भएको सरकारी तथ्याङ्कले जानकारी दिएको छ।

सुर्खेतमा एकजना कोरोना संक्रमितको मृत्यु

सुर्खेतमा मंगलबार बिहान कोभिड–१९ (कोरोना भाइरस) संक्रमित एकजनाको उपचारका क्रममा मृत्यु भएको छ। जुम्ला तिला गाउँपालिका–२ घर भइ हाल सुर्खेतस्थित वीरेन्द्रनगरमा बस्दै आएका ७६ वर्षीय एक पुरुषको प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्