८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भारतबाट आएका कोरोना संक्रमितको अर्घाखाँची अस्पतालमा मृत्यु

अर्घाखाँची अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको ज्यान गएको छ। भारतबाट आएका मालारानी गाउँपालिका–७, बामरुकका ५८ वर्षीय पुरुषको मृत्यु भएको हो। घरमै आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क ल्याईएको थियो। अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कपिल गौतमले जानकारी दिए।

गत चैत २७ गते भारतबाट घरमा आएका मृतकको ९ गते बुटवलको कोरोना अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। बुटवलमा बेड अभाव भएपछि घरमै आइसोलेसनमा बसेका उनको स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल आएका थिए। उनको शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको छ।

कारोनाको दोस्रो लहर आएपछि तीन जनाले ज्यान गुमाईसकेका छन्। हालसम्म अर्घाखाँचीमा १९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। मंगलबार मात्र जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीसहित २८ जनामा संक्रमण देखिएको छ। यो संगै अर्घाखाँचीमा ८ सय ६१ जना कोरोनाबाट संक्रमित भएका छन्।

प्रकाशित: १४ वैशाख २०७८ १४:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App