coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नेपालगन्ज मेडिकल कलेजमा थप चार संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुने बाँकेका ९३ र बाहिरी जिल्लाका १ सय ६ जना पुगे

तीव्र रुपमा बढेको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ। यसैक्रममा नेपालगन्ज मेडिकल कलेजमा थप चार जना संक्रमितको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ निवासी ७२ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा मंगलबार(आज) बिहान ११ः२५ बजेतिर मृत्यु भएको हो। उनलाई सोमबार मात्र कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजमा भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नआएपछि मृत्यु भएको अस्पतालले जनाएको छ।  

मेडिकल कलेजमै तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ९ निवासी ७४ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। मेडिकल कलेजमै पिसिआर परीक्षण गर्दा उनलाई आइतबार कोरोना पोजेटिभ भएको थियो। भोलिपल्ट सोमबार अस्पतालमा भर्ना भएकी उनको मंगलबार बिहान सवा ६ बजेतिर मृत्यु भएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ।  

यस्तै कोहलपुर नगरपालिका वडा नम्बर १ निवासी ६० वर्षीया महिलाको पनि नेपालगन्ज मेडिकल कलेजमै मृत्यु भएको छ। यही बैशाख १० गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि भोलिपल्ट अस्पतालमा भर्ना भएकी थिइन्। स्वास्थ्यमा सुधार नआएपछि उनको मंगलबार बिहान पौने ३ बजेतिर मृत्यु भएको हो।

त्यसैगरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा २६ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ निवासी पुरुषको सोमबार राती साढे ८ बजेतिर मृत्यु भएको हो। आइतबार मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको प्रि–आइसोलेसनमा भर्ना भएका उनलाई सोमबार मात्र कोरोना पोजेटिभ देखिएको थियो। यससँगै कोरोना संक्रमणबाट बाँकेका ९३ जना र बाहिरी जिल्लाका १ सय ६ जनाको मृत्यु भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

प्रकाशित: १४ वैशाख २०७८ ०८:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App