७ वैशाख २०८१ शुक्रबार

नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहाेस बनाएर अप्रेसन

नेपालगन्ज मेडिकल कलेजमा पहिलो पटक बिरामीलाई अर्ध बेहाेस बनाएर सफल अप्रेसन गरिएको छ।

समयमा रोग पहिचान नहुँदा कुष्ठरोग संक्रमितको स्वास्थ्यमा जटिलता

अस्पतालमा चालु आर्थिक वर्ष २०८०-०८१ को ६ महिनामा ६० जना कुष्ठरोगका नयाँ संक्रमित फेला परेका छन्।

भोग्नेलाई पीडा, राज्यलाई रमिता

दुर्घटना क्षेत्र काठमाडौंको थानकोट भएर मकवानपुरको थाहा नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र चित्लाङ जोड्ने गणेशमानसिंह मार्गमा पर्छ। २०७३ सालमा निर्माण सुरु गरिएको यो सडक अझै कालोपत्रे हुन नसकेकोे स्थानीयले बताएका छन्।

नेपालगन्ज शिक्षण अस्पतालमा डायलाइसिस सेवा पुन: सञ्चालनमा

अस्पतालले डायलाइसिस सञ्चालन गर्न निजी सेवाप्रदायक कम्पनी विरंग हेल्थ केयर प्रा.लि.लाई ठेक्कामा दिएको थियो। डायलाइसिस बन्द हुँदा मृगौला पीडितको मृत्यु हुनुका साथै स्वास्थ्य लाभ गरिरहेका कतिपय बिरामीहरु महंगो रकम खर्चेर भारतीय अस्पतालसम्म जानु परेको थियो।

काल बन्दै ‘जत्काल’

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १७ जना सुत्केरी तथा गर्भवतीले अकालमै ज्यान गुमाएका छन्। यस्तै यो तथ्यांक आव २०७६/७७ मा बढेर १९ जनामा पुगेको छ। आवि २०७६/७७ भन्दा ४ जना बढी सुत्केरीले २०७७/७८ मा ज्यान गुमाएका छन्।

शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु: आफन्तले बुझ्न मानेनन् शव

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सुत्केरीको मृत्यु भएपछि आफन्तले शव बुझ्न मानेका छैनन् ।

कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।

नयाँ ब्यवस्थापन फेर्दै नेपालगन्ज मेडिकल कलेज

‘जो कर्मचारीले सबैभन्दा बढी तलब सुविधा लिन्छ, उ हाजिर गरेर राजनीतिमा समय बिताउँछ,’ उनले भने, ‘मैले उनीहरुलाई कडाई गरेर काममा लगाउन सकेन, त्यसकारण मेडिकल कलेजलाई सुधार्न नयाँ ब्यवस्थापक आउन जरुरी भयो।’

उपचारमा ढिलाई गरेको भन्दै डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात

बूढीगंगा गाउँपालिका–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहितका चार÷पाँच जनाको समूहले डा. रेग्मी र हेल्थ असिस्टेन्ट बस्नेतमाथि आक्रमण गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

'कोरोना संक्रमितलाई निको बनाउँदा आनन्दको अनुभूति हुन्छ'

नेपालगन्ज–१२ कोरियनपुर निवासी ३९ वर्षीया उनी पेशाले प्रावि तहको शिक्षिका हुन् । तर, उनले विगत एक वर्षदेखि प्लाज्मा ब्यवस्थापनमा खटिएर धेरै जना संक्रमितको ज्यान बचाइरहेकी छन् । प्लाज्मा ब्यवस्थापन लगायत विविध विषयमा समाजसेवी माधवी शाहसँग नागरिक संवाददाता अर्जुन ओलीले गरेको संवाद :

मेडिकल कलेजसँग पाँच दिन मात्रै पुग्ने अक्सिजन

संक्रमित बिरामीको चापलाई अस्पतालले थेग्नै गाह्रो छ। अस्पतालसँग भएका सबै बेड भरिभराउ छन्। अक्सिजन अभावका कारण अस्पतालले सीमित संख्यामा मात्र कोरोना संक्रमितको उपचार गरिरहेको छ। अस्पतालमा बेड नपाउँदा संक्रमितले ज्यान गुमाइरहेका छन्।

भेरी अस्पताल र मेडिकल कलेजमा आज थप तीनको मृत्यु

भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराइरहेका थप तीन जना संक्रमितको आइतबार मृत्यु भएको छ। जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा २ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक जनाको मृत्यु भएको हो।

पिसिआर परीक्षण गराउन पालो कुर्दाकुर्दै एक जनाको मृत्यु

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना परीक्षणका लागि स्वाब दिन पुगेका ब्यक्तिको अस्पताल परिसरमै मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ५ का ५९ वर्षीय पुरुषको शुक्रबार दिउँसो करिव साढे ३ बजेतिर मृत्यु भएको हो । परिवारका अनुसार उनी विगत ८/१० दिनदेखि बिरामी थिए । ज्वरो र टाईफाईटले सताएको भन्दै उनले घरमै बसेर औषधि लिइरहेका थिए ।

नेपालगन्ज मेडिकल कलेजमा थप चार संक्रमितको मृत्यु

तीव्र रुपमा बढेको कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या दिनहुँ बढिरहेको छ। यसैक्रममा नेपालगन्ज मेडिकल कलेजमा थप चार जना संक्रमितको मृत्यु भएको छ।

गर्भवतीमा कोरोना देखिएपछि शिक्षण अस्पताल कोहलपुर शिल

उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना पोजेटिभ देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई शिल गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्